८ कार्तिक २०७८, सोमवार

काठमाडौंको कमलादीमा स्काइ वाक टावर निर्माण हुने

२०७५,भाद्र,९,शनिवार ०८:५३


काठमाडौं । नेपालमा पहिलो पटक स्काइ वाक टावर(आकास मार्गमा हिँड्ने टावर) निर्माण गरिने भएको छ । 

वण्डर नेपाल प्राइभेट लिमिटेड नामक संस्थाले आज यहाँ गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । 

काठमाडौंको कमलादीमा झण्डै दुई करोडको लगानीमा आगामी ३ वर्ष्भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको र त्यसका लागि १३.२ रोपनी जग्गा भाडामा लिइसकेको सो संस्थाले जनाएको छ । 

दुईवटा अग्ला पहाड वा भवनलाई सिसाको माध्यमबाट जोडने पुललाई स्काइ वाक टावर भनिन्छ । यो पुल सिसाबाट बनाइएको हुन्छ र यसमा मानिस हिँड्डा निक्कै आनन्दको अनुभूति हुन्छ । 

वण्डर नेपाल प्राइभेट लिमिटेडका अध्यक्ष आकर्षण पोखरेलले चीन, क्यानाडा, अमेरिका जस्ता मुलुकमा रहेको यस्तो स्काइ वाक टावर नेपालमा पहिलो पटक निर्माण गर्ने प्रयास गरेको बताए ।यसबाट पर्यटकको आकर्षण बढ्ने उनको भनाइ छ । 

उनले बितेको तीन वर्षदेखि नेपालको विभिन्न १० ठाउँमा स्काइ वाकको निर्माण तथा सम्भाव्यताबारे अध्ययन तथा अनुसन्धान गर्दै आएको जानकारी दिए । 
 

प्रकाशित मिति: २०७५,भाद्र,९,शनिवार ०८:५३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने

काठमाडौं । राउन्ड टेबल इन्टरनेसनलमा पहिलो पटक राउण्ड टेबल नेपालका जयन्त अग्रवाल उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । अग्रवालले राउन्ड

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

ताजा समाचार

लमजुङमा भूकम्पको धक्का महसुस
 २०७८,कार्तिक,८,सोमवार २२:१७
सात दिनदेखि अवरुद्ध राजमार्ग सञ्चालन
 २०७८,कार्तिक,८,सोमवार २२:०४
एमालेको पालिकास्तरमा मङ्गलवार अधिवेशन
 २०७८,कार्तिक,८,सोमवार २१:३०
च्यासलमा थप दुई विदेशी खेलाडी अनुबन्ध
 २०७८,कार्तिक,८,सोमवार २१:१६