अ‍ाजका टप फिप्टिन हेडलाइन्स : राजनीतिमा रवि लामिछानेदेखि हवाइ उडान राेक्ने धम्किसम्म (भिडियाेसहित)

लोकपथ
221
Shares

१  आज अन्तर्राष्ट्रिय योग दिवस, नेपालमा पनि विभिन्न संघ-संस्थाले योग साधना गरी योग दिवस मनाए ।, योगले शरीर, मानसिक स्वास्थ्य र आध्यात्मिक धारणा सुदृढ गरि जीवनोपयोगी बनाउने राष्ट्रपति विद्यादेवी भण्डारीको भनाइ।

२  विदेशमा रहेका नेपालीहरूको मताधिकार सुरक्षित गर्न नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माद्वारा निर्वाचन आयोगको ध्यानाकर्षण, विदेशमा रहेका नेपालीको नोट मात्र नभई भोट पनि चल्ने व्यवस्था गर्नुपर्नेमा जोड, आयोगका पदाधिकारी सकारात्मक।

३  अन्तर्राष्ट्रिय बजारमा नै मूल्य बढिरहेकाले नेपालमा पनि पेट्रोलियम पद्धार्थको मूल्य समायोजन गर्नुपर्ने बाध्यता रहेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूको भनाइ, सरकारी निकायको पेट्रोलियम पदार्थको खपत कम्तिमा २० प्रतिशत कटौती गर्ने।

४  रवि लामिछानेले घोषणा गरे राष्ट्रिय स्वतन्त्र पार्टी, चुनाव चिन्ह घन्टी प्रस्ताव, स्वतन्त्र उम्मेदवारी घोषणा गरेकाहरुलाई आफ्नो दलमा आउन आग्रह।

५  काठमाडौं महानगरभित्र २५० शौचालय सञ्चालनमा आउने, सार्वजनिक शौचालय सञ्चालन गर्न ३३ संस्थासँग महानगरको सम्झौता।

६  पेट्रोलियम पदार्थका लागि भारतको विकल्प खोज्न सरकारलाई सांसदहरुको सुझाव, पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर घटाउन पनि आग्रह।

७  बुधबारदेखि नियमित उडान रोक्ने वायु सेवा सञ्चालक संघको घोषणा, हवाई क्षेत्रमा रहेका दीर्घकालीन समस्या समाधान गर्न संघको माग।

८  पछिल्लो ११ महिनामा १७ खर्ब ६३ अर्बको बिभिन्न वस्तुहरु नेपाल भित्रियो, नेपालबाट १ खर्ब ८५ अर्ब रुपैयाँको वस्तुहरु निर्यात, वैदेशिक व्यापार घाटा १५ खर्ब ७७ अर्बले नाघ्यो।

९  यातायात व्यवस्था कार्यालयका १२ जना कर्मचारीसहित १७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर, नवीकरण नभएका तथा स्वतः रद्द भएकाको नाममा जारी भएको लाइसेन्स, नवीकरणको बाटोबाट सच्याएर ५३३ जना नयाँ व्यक्तिको नाममा लाइसेन्स बनाएर भ्रष्टाचार गरेको अख्तियारको आरोप ।।

१०  पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण काठमाडौं उपत्यका खानेपानी लिमिटेडले ट्यांकरमार्फत खानेपानी वितरण कार्य रोक्यो, बजेट अभावका कारण इन्धनको रकम भुक्तानी गर्न नसकेपछि सेवा कटौती, हाललाई अस्पतालबाहेक अन्य क्षेत्रमा खानेपानी वितरण नगर्ने निर्णय ।

११  मंगलबार सेयर बजारमा ३७ दशमलव ४९ अंकको वृद्धि, एक अर्ब २५ करोड रुपैंया बराबरको सेयर कारोवार, १३ वटै सूचक सकारात्मक।

१२  चीनको जियाङसीमा परेको भीषण वर्षाले ४ लाख ८५ हजार मानिस प्रभावित, बाढीबाट ७ करोडभन्दा बढीको आर्थिक क्षति, सयौँ हेक्टर जमिनमा लगाएको बालीनाली नष्ट।

१३  बेलायतमा तीस वर्षयताकै ठूलो रेल हडताल, रेल युनियनका ५० हजारभन्दा बढी सदस्य तीन दिनको लागि आफ्ना कामबाट बाहिरिए, सर्वसाधारण र दैनिक कामकाजीहरुलाई सास्ती।

१४ एसीसी महिला टी–२० च्याम्पियनसिपमा नेपाल हङकङसँग ७ विकेटले पराजित, लगातार तीन खेल जितेको नेपाल यसअघि नै सेमिफाइनलमा प्रवेश।

१५  चार वर्षे कार्यकालका लागि एन्फा अध्यक्षमा पंकज नेम्वाङ निर्वाचित, एन्फाको दुई सदस्यको लागि पुनः निर्वाचन हुने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?