गृहमन्त्रीको राजीनामा माग गर्दै डडेल्धुरामा प्रदर्शन

डडेल्धुरा । कञ्चनपुर भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएकी घटनालाई लिएर डडेल्धुरामा प्रदर्शन गरिएको छ । 

शनिबार प्रदर्शनमा उत्रिएका नागरिकहरुले गृहमन्त्री रामबहादुर थापा ‘बादल’को राजीनामा मागेका छन् ।  

साथै उनीहरुले प्रहरी अनुसन्धानमाथि समेत प्रश्न उठाउँदै वास्तविक अपराधीलाई उम्काउन खोजेको आरोप लगाएका छन् । आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागेर किशोर सनि खुनाको मृत्यु भएको भन्दै उनीहरुले गृहमन्त्री थापाको राजीनामाको माग गरेका हुन् । 

सोमबार मानसिक सन्तुलन गुमेको दिलिप विष्टलाई अभियुक्तका रुपमा सार्वजनिक गरेर मुख्य अपराधीलाई उन्मुक्ति दिइएको यहाँका नागरिक अगुवाहरुको आरोप छ । 

आन्दोलनमा नागरिक समाजका अगुवा, स्थानीय समाजसेवी, पत्रकार, उद्योगी व्यवसायीलगायतको सहभागिता थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?