कञ्चनपुरमा सर्वदलीय बैठक हुँदै

कञ्चनपुरमा स्थानीय प्रशासनको पहलमा अहिले सर्वदलीय बैठक चलिरहेको छ । 

बिहीबारदेखि आन्दोलनरत पक्ष र प्रहरीबीच झडप हुँदा शुक्रबार एकको मृत्यु र दर्जनौं प्रर्दशनकारी तथा प्रहरी घाइते भएपछि स्थिति संयमित बनाउन जिल्ला प्रशासन कार्यालयमा सर्वदलीय बैठक आयोजना गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख तथा एसपी कुबेर कठायतले सर्वदलीय बैठक चलिरहेको बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?