सेञ्चुरी बैंकका ग्राहकले हिमालय दृश्य रिसोर्टमा छुट पाउने

लोकपथ
65
Shares

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड धुलिखेल शाखाले बनेपास्थित हिमालय दृश्य रिसोर्ट प्रालिबीच बैंकको ग्राहकलाई विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।

सम्झौताअनुसार बैंकका ग्राहकले सो रिसोर्टबाट सेवा लिएबापत बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाईल बैंकिङ र क्युआर कोडबाट भुक्तानी गर्दा होटलको फुड एन्ड बेभरेज र रुम शुल्कमा १० प्रतिशत छुट पाउनेछन् ।

सम्झौतापत्रमा बैंकको धुलिखेल शाखाका प्रमुख हरिकृष्ण दाहाल र रिसोर्टका प्रबन्ध संचालक श्यामकाजी महतले हस्ताक्षर गरेका छन् ।
सेञ्चुरी बैङकले काभ्रे जिल्लामा ७ वटा शाखा धुलिखेल, बनेपा, पनौती, नाला, साँगा, दोलालघाट र नाल्दुम नगरकोटबाट वित्तीय सेवा प्रदान गर्दे आएको छ । बैंकले आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?