कुमारी बैंक र महाराजा रिसोर्टबीच सम्झौता

लोकपथ
273
Shares

काठमाडौं । कुमारी बैंक लिमिटेड र कालिकानगर, बुटवलस्थित महाराजा रिसोर्ट प्रा।लि। बीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई महाराजा रिसोर्ट प्रालिबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।

सो सम्झौता पत्रमा कुमारी बैंकका मार्केटिङ प्रमुख नविन मुनि बज्राचार्यले तथा महाराजा रिसोर्टका तर्फबाट महाप्रबन्धक रमेश गैरेले हस्ताक्षर गरेका छन् ।

डिजिटल कारोबारमा ग्राहकहरू आकर्षित भइरहेको कुरालाई मध्यनजर गर्दै डिजिटल कारोबारमा ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले यस सहकार्य मार्फत महाराजा रिसोर्टका विभिन्न सेवाहरुमा आकर्षक छुटको व्यवस्था गरेको हो ।

यस सम्झौताअनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरुले सो रिसोर्टबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्डबाट गर्दा रिसोर्टको लजिङ्ग र फुडिङ्ग शुल्कमा १० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?