१८ औँ ‘एशियाड’: नतिजा हात लाग्यो शून्य

जाकार्ता । इन्डोनेशियामा जारी १८ औँ एशियाली खेलकुद ‘एशियाड’ मा नेपालले अहिलेसम्म राष्ट्रिय कीर्तिमान बाहेक अरु केही गर्न सकेको छैन । 

‘एशियाड’ मा नेपालका दुई खेलाडीले नयाँ कीर्तिमान बनाएपनि अरु खेलाडीको यात्रा सहभागितामा मात्रै सिमीत बनेको छ । नेपालले खेलको ६ खेलको एशियाड यात्राको चुनौती सकिसकेको छ । तर, बाँकी अरु खेलबाट पनि पदक आउने कुनै छाटकाट देखिएको छैन । 

भारोत्तोलनमा कमल बहादुर अधिकारी र सञ्जु चौधरीले तीनवटा नयाँ राष्ट्रिय कीर्तिमान बनाउनु बाहेक अन्य प्रतिस्पर्धामा नेपालको प्रदर्शन पहिलो र दोस्रो चरणबाटै समाप्त भएको छ । महिला ५३ केजी तौल समूहमा सञ्जुले स्न्याचमा ७२ र क्लिन एण्ड जर्कमा ६ केजी गरी कूल १ सय ५ केजी तौल बहन गर्दै तीन राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । सञ्जुले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान जारी ‘एशियाड’मा तोडेकी हुन् । 

त्यस्तै, कमलले पुरुष ६९ केजीको स्न्याच, क्लिन एन्ड र कूलमा गरी आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गरेका थिए । कमलले स्न्याचमा १ सय १९ केजी र क्लिन एन्ड जर्कमा १ सय ६० गरी कूल २ सय ७९ केजी भार बहन गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका थिए । 

यता, मार्सल आर्ट भित्रको सबैभन्दा पदकको आशा गरिएको खेल तेक्वान्दो हो । तर, दुई संस्करणदेखि पदक बिहिन बनेको तेक्वान्दो इन्डोनेशिया ‘एशियाड’मा पनि कुनै पदक जित्न सकेन । 

नेपालको एशियाली खेलकुद सहभागितामा जितेको पदकमध्ये तेक्वान्दोबाट मात्र १४ पदक आएको छ । सन् १९६ को सिओल ‘एशियाड’मा नेपालले ४ कांस्य पदक जितेको थियो । त्यस्तै, १९९४ को हिरोसिमा ‘एशियाड’मा तेक्वान्दोले १ कास्य पदक जित्यो । सन् १९९ मा भएको एशियाली खेलकुदमा नेपालका लागि सबिता राजभण्डारी रजत पदक जित्दै नयाँ इतिहास रचिन । त्यो रेकर्ड अहिलेसम्म नेपालका कुनै खेलाडीले तोड्न सकेको छैन् । त्यसपछि बैंकक ‘एशियाड’मा तेक्वान्दोमा २ कास्य पदक भित्रायो । 

सन् २००२ को बुसानमा ‘एशियाड’मा नेपालका तेक्वान्दो खेलाडी दीपक विष्ट, रेनुका मगर र रितुजिमी राईले कास्य जितेका थिए । दीपकले सन् २००६ मा दोहा एसियाड पनि कांस्य पदक जित्दै लगातार २ पदक जित्ने कीर्तिमान खेलाडी रेकर्ड बनाए । विष्टसँगै मनिता शाही र आयशा शाक्यले पनि तेक्वान्दोबाट कांस्य पदक राष्ट्रलाई दिलाएका थिए । 

लगातार ४ ‘एशियाड’मा पदक दिलाएको तेक्वान्दो पछिल्लो १२ वर्ष उपलब्धी शून्य बनेको छ । जारी ‘एशियाड’मा सहभागी सबै खेलाडीले तेक्वान्दोबाट कुनै पदक जित्न सकेनन् । यसपटक तेक्वान्दोमा गेरोगीतर्फ १० र पुम्सेतर्फ ४ खेलाडीले सहभागिता जनाएको थियो । 

बिहीबार सातौँ दिनको खेल चलिरहँदा नेपालको फुटबल, कुस्ती, उसु, लनटेनिस, सुटिङ, तेक्वान्दोको चुनौती समाप्त भइसकेको छ । 

गत बिहीबार आर्चरीमा प्रतिस्पर्धा गरेका तिलक पुन मगर चीनका जु तिन्यायुसँग ६—४ को निकै प्रतिस्पर्धात्मक सेटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिए । ‘एशियाड’मा उनको यात्रा सकिए पनि उनले गरेको प्रर्दशन प्रसंशाजनक रहेको थियो । अन्तिम ३२ खेलमा भुटानका खेलाडी सहजै हराएका तिलकले क्वाटरफाइनलको यात्रा भने तय गर्न चुके । 

प्याराग्लाइडिङको एक्कुरेसी विधामा नेपालका महिला र पुरुष खेलाडी पनि पदक जित्नबाट चुके । गत संस्करणमा भएको ‘एशियाड’मा कराँतेकी बिमला तामाङले कास्य पदक जित्दै नेपालको लाज बचाएकी थिईन् । जारी ‘एशियाड’मा नेपालका लागि पुरुषतर्फ १ सय २९ र महिलातर्फ ८५ खेलाडीले सहभागिता जनाएका छन् । ‘एशियाड’मा सहभागी हुन नेपालका कुनै पनि खेलाडीले छनोट खेल्न नपर्ने भएकाले जारी प्रतियोगितामा नेपालले ४० खेलमध्ये २९ वटा खेलमा सहभागिता जनाएको छ । ६७ वर्षको एशियाली खेलकुद इतिहासमा कुल २३ पदक मात्र जितेको नेपालले खेल सहभागितालाई बढाउँदै लगेको छ । तर, नजिता भने जहिल्यै ‘हात लाग्यो शून्य’ । 

एशियाली खेलकुदलाई ओलम्पिक पछिको ठूलो प्रतियोगिताको रुपमा लिने गरिन्छ । यति ठूलो प्रतियोगितामा नेपाली खेलाडी खेल्न पाउनु शानको कुरा हो । तर, सहभागितामा मात्र सिमित हुने खेल र खेलाडीलाई ‘एशियाड’मा खेलाउनुको कुनै औचित्य देखिदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?