कञ्चनपुरमा जस्तै पोखरामा पनि अर्की बालिका मृत फेला

 पोखरा । कञ्चनपुरमा  १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि  हत्याको  घटना लगत्तै यता पोखरमा १४ बार्षीया बालिका पुष्पा केसी घरबाट हराएको तिन दिन पछि मृत फेला परेकी छन् । 

बिहीबारदेखि हराइरहेकी पोखरा– १९ लामौचारकी  बालिका केसीको शव  सोही वडाको  फापरतरोको झाडीमा फेला परेको वडा प्रहरी कार्यालय बगरका प्रमुख प्रहरी निरीक्षक दुर्गाप्रसाद श्रेष्ठले जानकारी दिए । उनले घटनाको अनुसन्धान भई रहेको बताए । उनि शुक्रबार साँझ मृत अवस्थामा शव फेला परेको प्रहरीले  बताए। 

विद्यालयको बसले करिब साढे ४ बजे छाडेपनि उनी घर पुगेकी थिइनन्। बिहीबार साँझबाटै परिवार र स्थानीय र प्रहरीले उनको खोजी तिब्र पारेका थिए । उनको झोला भेटिएको स्थान र शव भेटिएको स्थान हेर्दा बलात्कार पछि हत्या हो कि भन्ने  आफन्तजनले आशंका गरेका छन् ।  त्यस्तै कञ्चनपुरको भिमदत्त गाउँपालिकामा झण्डै एक महिना हुँदा पनि मृत फेला परेकी १३ वर्षिया बालिका निर्मला पन्तको घटना छानविनमा त्यहाँको प्रहरी प्रशासनले नौटङकी गरेको स्थानियले आरोप लगाउँदै आन्दोलन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?