काठमाडौं । विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्रले नयाँ पार्टी घोषणा गरेका रवी लामिछानेलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै मिश्रले आफूले देखेको मध्ये एक असल व्यक्ति रहेको बताउँदै पार्टी निर्माणको क्रममा आफूहरुबाट सिक्न समेत आग्रह गरेका छन् ।
आफूले सानैदेखि चिनेको बताउँदै तिमी नै भनेर सम्बोधन गरेको भन्दै आशा गरेको व्यक्तिमा पर्ने बताए ।
उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘प्रिय रवी, तिमी सानै हुँदादेखि चिनेकोले मैले ुतिमीु भनेर सम्बोधन गर्ने थोरै मान्छेमा पर्छौ तिमी। मैले आशा गरेको थोरै मान्छेमा पर्छौ तिमी। पार्टी निर्माणको क्रममा हामीले गरेको कमजोरीबाट धेरैभन्दा धेरै सिक्ने प्रयास गर। तिम्रो सफलताका लागि ह्रिदयदेखि शुभकामना व्यक्त गर्दछु !’
वैकल्पिक राजनीतिक शक्ति निर्माण भन्दै साझा विवेकशील पार्टी गठन गरेका मिश्रको पार्टीमा सुरुवात देखि नै भाँडभैलो मच्चिएको थियो । सञ्चार जगतबाट राजनीतिमा आएका मिश्रको जस्तै लामिछानेको पार्टीमा पनि सोही प्रवृत्ति नदेखियोस् भन्दै धेरैले सामाजिक सञ्जालमा सुभेच्छा दिइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया