नेकपा सचिवालयको आकस्मिक बैठक बालुवाटारमा जारी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आकस्मिक सचिवालयको बैठक अहिले बालुवाटारमा जारी छ ।

१३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको र उनको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै दुई दिनदेखि जारी आन्दोलनको विषयमा केन्द्रित रहेको बैठकमा उपस्थित एक नेतालो बताए । 

शुक्रबार बेलुकीको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर शनी खुनाको मृत्यु भएको थियो । 

बिहीबार भएको आन्दोलनमा प्रहरीले गोली चलाउँदा ३ जना घाइते भएका थिए । त्यसलगत्तै सरकारले प्रमुख जिल्ला अधिकारी र जिल्लास्थित प्रहरी प्रमुखलाई फिर्ता बोलाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?