रवी लामिछानेको पार्टीप्रति परिवारबाटै असन्तुष्टि, दाई भन्छन्- ‘आजीवन त्यो पार्टीमा जान्न’

लोकपथ
5.1k
Shares

काठमाडौं । रवी लामिछानेले घोषणा गरेको राष्ट्रिय स्वतन्त्र पार्टीप्रति उनका सहाेदर दाई सञ्चारकर्मी हरिशरण लामिछाने असन्तुष्ट देखिएका छन् ।

पार्टी र राजनीतिक यात्रा घोषणाको क्रममा स्वतन्त्र पार्टीमा परिवारवाद नलाद्ने रवीको घोषणाप्रति हरिशरणले विशेष असन्तुष्ट देखिएका हुन् ।

उनले पार्टीमा परिवारवाद हटाउने घोषणा राम्रो भए पनि आफूलाई रोचक लागेको भन्दै टिप्पणी गरे।

राष्ट्रिय स्वतन्त्र पार्टी घोषणापश्चात सामाजिक सञ्जालमा लेख्दै हरिकृष्णले पार्टीमा आवद्ध हुने सदस्यले अर्को सदस्यसँग नाताप्रमाणित गर्नुपर्ने भन्दै व्यंग्य गरेका छन् ।

साथै आफू परिवारको नाताको हिसाबले उक्त पार्टीमा कहिल्यै आवद्ध नहुने र राजनीतिक हिसावले उक्त पार्टीमा कहिल्यै नरहने उनले घोषणा गरेका छन् ।

उनले भनेका छन्, ‘नया पार्टी घोषणा गरेकोमा रबि लामिछानेलाई बधाई । पार्टीको नीति अनुसार, परिवारबाद निषेध गरिनु राम्रो प्रयास हो। यस क्रममा मनमा लागेको एउटा रोचक कुरा : कुनै पनि नया सदस्यले अब देशभर आफ्नो जन्मकुन्डली लाई अर्को सदस्यसङ्ग भिडाइ नाता ‘अप्रमाणित भएको प्रमाणपत्र लिएर मात्र पार्टी प्रबेश गर्नु होला। पछि आपसी मायाप्रेममा परि बिहेबारी भै कुनै अवस्थामा नाता प्रमाणित भएमा सदस्यता खारेज हुन सक्छ है। दर्ता हुन बाकी सो पार्टीका कुनै पनि गतिबिधीमा म परिवारको नातेदारको नाताले नैतिक रुपले सम्लग्न हुने त कुरै भएन। राजनैतिक रुपले त्यो पार्टिमा म आजिबन रहने छैन भन्ने जानकारी पनि गराउदछु। ’

त्यसैगरी उनले आफूसँग दलगत र स्वतन्त्रको हैसियतमा धेरै सम्भावनाहरु रहेको बताउँदै आफू स्वतन्त्र नागरिकको हैसियतमा काम गर्ने समेत बताएका छन् ।

उनले भनेका छन्, ‘स्वतन्त्र र दलगत राजनितिका लागि म सङ्ग अपार अवसर र सम्भाबना छन। बाकी कुरामा comment गर्ने मेरो हैसियत छैन। नेपाल आमाको एक स्वतन्त्र नागरिकको नाताले मेरो जीवन देशको सेवामा हमेसा समर्पित रहने छ। ’

नेपाली सञ्चार जगतमा चर्चा कमाएका रवीले केही दिन अघि सञ्चारकर्म छोडेर राजनीतिमा आउने निर्णय गरेका थिए । त्यससँगै आज राष्ट्रिय सभागृहमा एक कार्यक्रम गरी स्वतन्त्र पार्टीको घोषणा साथै बाँकी राजनीतिक यात्राको विषयमा समेत प्रस्ट पारेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?