मंगलबार सेयर बजारमा हरियाली

लोकपथ
169
Shares

काठमाडौं । आज (मंगलबार) भने सेयर बजारमा हरियाली देखिएको छ । निरन्तर ओरालो लागिरहेको सेयर बजार आज १.९९ प्रतिशतले बढेको हो ।

यस दिन सेयर बजार मापक नेप्से परिसूचक ३७ दशमलव ४९ अंकले बढेर १९२२ दशमलव ३० बिन्दुमा पुगेको छ ।

यता, ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक पनि ८.८१ अंकले बढेर ३७४ दशमलव ३७ बिन्दुमा पुगेको छ ।

कारोबार अवधिभर २३१ कम्पनीको ३७ लाख १२ हजार ७४६ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब २३ करोड ८५ लाख 18 हजार २०१ रुपैयाँको कारोबार भएको छ ।

मंगलबार १३ वटै उपसमूहमा हरियाली छाएको छ । यस दिन विकास बैंक, फाइनान्स, म्युचुअल फण्ड लगायतका समूहको सेयरमूल्य सर्वाधिक बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?