केरूङ्गे खोलाले बगाउँदा माझीको मृत्यु

नवलपरासी : कावासोतीस्थित केरूङ्गे खोलाले बगाउँदा माछा मार्न गएका मालसिंह महतोको मृत्यु भएको छ । 

कावासोती-१४ मा बसोबास गर्ने ५० बर्षीय महतो गएराती केरूङ्गे खोलामा माछा मार्न गएका थिए । 

खोलाभन्दा पारिपट्टी रहेको खेतमा माछा मार्न ढडिया थापेर फर्कँदा महतोलार्इ केरूङ्गे खोलाले राती ११ बजेतिर बगाएको प्रहरीले अनुमान गरेको छ। 

अबेरसम्म घर नफर्केपछि खोजी गर्न गएका स्थानीयले राती १ बजे उनको शव फेला पारेका थिए ।

शुक्रबारदेखि निरन्तर पानी परिरहेकाले खोला तथा खहरेमा नजान सरकारले अाग्रह गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?