मध्य र पश्चिम क्षेत्रमा अाज दिउँसो ठूलो पानी पर्ने

काठमाडाैं : मनसुनी वायु सक्रिय हुँदा अाज (शनिबार) दिउँसो देशका मध्य र पश्चिम भागमा ठूलो पानी पर्ने सरकारले जनाएको छ । 

सरकारको माैसम पूर्वानुमान महाशाखा र बाढी पूर्वानुमान शाखाले शनिबार दिउँसोदेखि रातीसम्म मध्य र पश्चिमी भागमा ठूलो पानी पर्ने माैसम पूर्वानुमान गरेको छ ।

माैसम बदली केही दिनसम्म जारी रहने र कम्तिमा ३ दिनसम्म पानी पर्ने अनुमान छ । 

गण्डकी, कर्णाली र प्रदेश नम्बर ५ एवं ७ मा भारी बर्षाका कारण चुरे क्षेत्रका नदीहरूमा ठूलो बाढी अाउन सक्ने भन्दै विभागले सावधानी अपनाउन अाग्रह समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?