काठमाडौं -सामाजिक सुरक्षा भत्ता लिन नचाहने नागरिकलाई सरकारले सम्मान गर्ने भएको छ । सामाजिक सुरक्षा भत्ता पाउने आधारहरू भए पनि आफूलाई आवश्यक नभएको भन्दै नलिने घोषणा गर्नेलाई स्थानीय तहले सम्मान गर्ने भएको छ ।
सामाजिक सुरक्षा भत्ता लिन नचाहने नागरिकले स्वेच्छाले घोषणा गरेमा स्थानीय तहले सम्मान गर्ने व्यवस्था गरिएको छ । सामाजिक सुरक्षाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले यस्तो प्रस्ताव गरेको हो । नेपालको संविधानको धारा ४३ मा उल्लिखित सामाजिक सुरक्षाको हकसम्बन्धी व्यवस्था कार्यान्वयनका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारी शुक्रबार संसद् सचिवालयमा दर्ता गरेको विधेयकमा ८ प्रकारका समाजिक सुरक्षा भत्ताको व्यवस्था गरिएको छ ।
विधेयकको दफा १५ अनुसार कुनै पनि सरकारी वा सार्वजनिक पदमा नियुक्ति, निर्वाचित या मनोनीत भएको व्यक्ति र सरकारी कोषबाट निवृत्तिभरण पाइरहेको व्यक्तिले सामाजिक भत्ता पाउनेछैनन् । यस्तै, अन्य कुनै प्रकारले नियमित रूपले पारिश्रमिक वा सुविधा पाइरहेको व्यक्तिले पनि सामाजिक भत्ता नपाउने व्यवस्था विधेयकमा गरिएको छ । अाजकाे राजधानी दैनिकमा खबर छापिएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया