कमिसनको चक्करले गुणस्तरहीन औषधिको बिगबिगी बढ्ने खतरा

काठमाडौँ–ब्रान्ड नेमका आधारमा औषधि सिफारिस गर्दा चिकित्सकले कमिसनको लोभमा कुनै एउटा कम्पनीको मात्र औषधि सिफारिस गर्न सक्छन् र त्यसो गर्दा औषधि महँगो हुने ठानिन्थ्यो । तर अहिले औषधि प्रेस्काइप (सिफारिस) गर्दा चिकित्सकले जेनेरिक नाम लेख्नुपर्ने कानुनी व्यवस्था ल्याइँदैछ । अब फेरि फार्मेसीले कमिसनको चक्करमा गुणस्तरहीन औषधिको बिगबिगी बढ्नसक्ने देखिएको छ ।
औषधि व्यवस्था विभागले भने औषधिको जेनेरिक नाम लेख्दा उपभोक्तलाई औषधि धेरै सस्तो मूल्यमा दिन सकिने जनाएको छ । तर व्यवसायीहरूले भने जेनेरिक नाममा जुन कम्पनीले फार्मेसीलाई बढी कमिसन दिन्छ त्यही औषधि मात्र बेच्ने भएकोले बिरामीले गुणस्तरहीन औषधि सेवन गर्न बाध्य हुने आशङ्का गरिएको छ ।
औषधिको जेनेरिक नाममा फार्मेसीले जुनसुकै कम्पनीको औषधि दिनसक्ने भएकाले बिरामी निको हुन समस्या हुने औषधि उत्पादकको भनाइ छ ।
औषधिमा हुने औषधीय तत्व वा गुणका आधारिमा जेनेरिक नाम राखिन्छ तर त्यही तत्व वा गुण भएका औषधिलाई फरक उत्पादक कम्पनीले फरक फरक ब्रान्डमा उत्पादन गर्छन् ।
नेपाल औषधि उत्पादन संघका अध्यक्ष दीपक दाहालले सरकारले जेनेरिक नाममा औषधि प्रेस्किप्सन गर्ने व्यवस्था गरे बजारमा गुणस्तरहीन औषधिले प्रोत्साहन पाउने बताए । चिकित्सकले औषधिको नाम जेनेरिक नाममा सिफारिस गर्दा उपभोक्ता ठगिनेछन् भन्दै दाहालले थपे, “ब्रान्ड नाम लेख्दा चिकित्सक जिम्मेवार हुने तर जेनेरिक नाम लेख्दा औषधि व्यवसायी जिम्मेवार हुन सक्दैनन् ।” अाजकाे गाेरखापत्र दैनिकमा खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?