बिम्स्टेक शिखर सम्मेलनको अन्तिम तयारी पूरा

काठमाडौँ – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक)को काठमाडाैंमा हुन लागेको चौथो शिखर सम्मेलनको अन्तिम तयारी पूरा भएको छ ।
यही भदौ १४ र १५ गते दुई दिनसम्म काठमाडौँमा हुनेशिखर सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् ।

सम्मेलनका क्रममा भदौ १५ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेट हुनुका साथै रक्सौल–काठमाडौँ रेलवे सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुनेछ । त्यस्तै, म्यानमारका राष्ट्रपति विन मिन्थसँग १३ गते र श्रीलङ्काका राष्ट्रपति मैत्रिपाल सिरिसेनासँग १६ गते द्विपक्षीय भेट हुनुका साथै उनीहरूले भदौ १६ गते भगवान बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्नेछन् ।
शिखर सम्मेलनको उद्घाटनपछि सदस्य राष्ट्रका सरकार प्रमुख वा राष्ट्र प्रमुखले सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्टमन्त्री प्रदीप ज्ञवालीले  जानकारी गराए, अाजकाे गाेरखापत्र दैनिकमा खबर छापिएकाे छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?