१ कार्तिक २०७८, सोमवार

कञ्चनपुरको आन्दोलनमा प्रशासनले संयमता गुमायो

२०७५,भाद्र,९,शनिवार ०१:५७


काठमाडौं–बिहीबार प्रहरीको गोली लागेर चार युवा घाइते भएपछि कञ्चनपुरका  स्थानीयवासी थप आक्रोशित बनेका थिए । यसकारण पनि उनीहरू शुक्रबार आन्दोलन चर्काउने योजनामा थिए । तर, शुक्रबार बिहान पानी परेकाले दिउँसोबाट मात्रै आन्दोलन सुरु भयो । शुक्रबार पनि प्रहरी संयमित बन्न सकेन, गोली नै चलायो ।
बिहीबार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई तानेर सरकारले नयाँ अधिकारीलाई खटाएको थियो । तर, नयाँ जिम्मेवारीसहित आएका सिडिओ तारानाथ अधिकारी र प्रहरी प्रमुख एसएसपी कुवेर कठायतले परिस्थितिलाई सहज बनाउने पहल गर्न सकेनन् । कठायतले बालिका बलात्कार र हत्या प्रकरणको नयाँ शिराबाट अनुसन्धान हुने बताए पनि शुक्रबार दिउँसोको घटनाले परिस्थिति थप जटिल बनाइदिएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको १० साउनमा बलात्कारपछि हत्या भएको थियो । स्थानीयले निरन्तर आन्दोलन गर्दै आएका छन् । गत सोमबार प्रहरीले दिलीपसिंह विष्टलाई मुख्य अभियुक्तका रूपमा सार्वजनिक गरे पनि निर्मलाका परिवार र स्थानीयले विश्वास गरेका छैनन् । नयाँ पत्रिकाले खबर छापेको छ ।

प्रकाशित मिति: २०७५,भाद्र,९,शनिवार ०१:५७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने

काठमाडौं । राउन्ड टेबल इन्टरनेसनलमा पहिलो पटक राउण्ड टेबल नेपालका जयन्त अग्रवाल उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । अग्रवालले राउन्ड

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

ताजा समाचार

पर्यटकको पर्खाइमा धन्दुर सिद्धगुफा
 २०७८,कार्तिक,१,सोमवार ०९:४३
बार्सिलोनासँग भ्यालेन्सिया पराजित
 २०७८,कार्तिक,१,सोमवार ०९:०८
घरेलु मैदानमै न्युकासल स्तब्ध
 २०७८,कार्तिक,१,सोमवार ०८:५७