नेपालस्थित भारतीय दूतावासले मनायो अन्तर्राष्ट्रिय योग दिवस

लोकपथ
78
Shares

काठमाडौं । नेपालस्थित भारतीय दूतावासले आज विभिन्न कार्यक्रम गरी आठौैँ अन्तर्राष्ट्रिय योग दिवस मनाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी भएको सो कार्यक्रममा भारत सरकारको आयुष मन्त्रालयद्वारा स्वीकृत व्याख्यानसहितको साधारण योग विधि प्रस्तुत गरिएको थियो ।

दूतावासले जारी गरेको विज्ञप्ति अनुसार योगमा अभिरुचि भएका करिब ६०० जनाले सो योग कार्यक्रममा सहभागिता जनाएका थिए । कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले योग अभ्यासले शरीर र दिमाग दुवैलाई सकारात्मक उर्जा दिने र योगलाई दैनिक जीवनको एक हिस्सा बनाउनुपर्ने बताए ।

सोही कार्यक्रममा सञ्चार तथ सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले स्वस्थ्य जीवनका लागि सबैले नियमित योग गर्नुपर्ने सुझाव दिए ।

यस वर्षको योग दिवसको नारा ‘मानवताका लागि योग’ रहेको छ । योग दिवसको पूर्वसन्ध्यामा दूतावासले काठमाडौं विश्वविद्यालयको स्कुल अफ मेडिसिनसँगको सहकार्यमा विशेष योग सत्रको आयोजना गरेको थियो । भारतीय राजदूतावास, स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रका योग गुरुहरुले महिला तथा बालबालिकाका लागि विशेष योग कार्यक्रम विश्व सम्पदामा सूचीकृत काठमाडौंको बौद्घनाथ स्तूपामा आयोजना गरेको थियो ।

सन् २०१४ मा संयुक्त राष्ट्र संघ महासभामा १७७ सदस्य राष्ट्रले भारतको प्रस्ताव समर्थन गरेपश्चात सन् २०१५ यता हरेक वर्ष जुन २१ मा अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?