सुनचाँदीको मूल्य स्थिर

लोकपथ
0
Shares

काठमाडौं । आज सुनचाँदीको मूल्य स्थिर रहेका छ । सोमबारकै मूल्यमा आज सुनचाँदीको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार सोमबार तोलामा २०० ले वृद्धि भई सुन ९७ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो । सोही मूल्यमा आज कारोबार भइरहेको हो । तेजावी सुनको भाउ ९७ हजार २०० रुपैयाँ रहेको छ ।

आज चाँदी प्रतितोला एक हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएका छन् । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार ८३८ र चाँदी प्रतिऔँस २१.६७ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?