२६ श्रावण २०७९, बिहीवार

हिमालयन हाइड्रोपावरको आईपीओ १५ असारदेखि  खुल्ने

२०७९,असार,७,मंगलवार ११:१०

99
Shares

काठमाडौं । हिमालयन हाइड्रोपावरले यही १५ असारदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले १९ करोड ६८ लाख २५ हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो ।

उक्त कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले १९ लाख ६८ हजार २५० कित्ता साधारण सेयर निष्कासन गर्नेछ । योमध्ये ५ प्रतिशत अर्थात ९८ हजार ४१३ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात ३९ हजार ३६५ कित्ता सेयर कर्मचारीहरुले र बाँकी १८ लाख ३० हजार ४७२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

यसमा १९ असारसम्म आवेदन दिन सकिने र सो अवधिमा सबै सेयर बिक्री नभएमा असार २९ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । यो आईपीओमा ग्लोबल आईएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

रेटिङ एजेन्सी इक्रा नेपालले हिमालयन हाइड्रोपावरको आईपीओलाई ‘इक्राएनपी इस्यूअर रेटिङ बी प्लस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।

प्रकाशित मिति: २०७९,असार,७,मंगलवार ११:१०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । रिचेत जलविद्युत कम्पनी लिमिटेडको सार्वजनिक निष्काशन गर्नको लागि एनआईबिएल एस क्यापिटल लिमिटेड बिक्री प्रबन्धकको रुपमा नियुक्त भएको छ

काठमाडौं । पछिल्लो समय निरन्तर रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचक बिहीबार पनि गिरावट आएको छ ।बिहीबार नेप्से परिसूचक १९.०६

काठमाडौं । नेपालमा एक वर्षको अवधिमा पौने चार अर्ब रुपैयाँको विभिन्न प्रकारका विदेशी मदिरा भित्रिएको पाइएको छ । भन्सार विभागका

तेह्रथुम । तेह्रथुम सदरमुकामलगायत बजारमा केही समयअघिसम्म म्याद गुज्रेका वस्तुहरू छ्यापछ्प्ती पाइने गरेको थियो । लामो समयसम्म बजार अनुगमन नहुनु

ताजा समाचार