‘सुई धागा’ का लागि वरुणले सिलाई सिके

मुम्बई – वरुण धावनका जति पनि फिल्म रिलिज भएका छन्, ती सबै हिट छन् । उनको आउने फिल्म ‘सुई धागा’ को ट्रेलर सार्वजनिक भएदेखि नै चर्चामा छ ।

अभिनेता वरुण धावनले आफूले यो फिल्मको भूमिकालाई अझ बलियो बनाउन तीन महिना सिलाई तालीम सिकेको बताएका छन् ।

‘मलाई थाहा थियो कि, मेरो पनि एक जिम्मेवारी छ, मैले विश्वास दिलाउन थियो कि, म वास्तवमै मास्टर जी बन्न सकुँ, मलाई यो कौशल सिक्न तीन महिना लाग्यो ।’, उनले भनेका छन् ।

फिल्ममा उनको भूमिकाको नाम मौजी हो । साथै अनुष्का शर्मा पनि प्रमुख भूमिकामा छिन् ।

उनले भने, ‘सिलाई सिक्न खासै गाह्रो थिएन तर शुरुमा निकै गाह्रो भएको थियो, जतिबेला मैले प्रयास गर्थेँ, अल्झिन्थेँ ।’
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?