२६ श्रावण २०७९, बिहीवार

दुई कम्पनीको सेयर निष्काशन गर्न प्रभु क्यापिटल नियुक्त

२०७९,असार,७,मंगलवार १०:४२

36
Shares

काठमाडौं । प्रभु क्यापिटल, माण्डु हाइड्रोपावर र माइ खोला हाइड्रोपावरको शेयर सर्वसाधारणमा निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको छ ।

माण्डु हाइड्रोपावरले मकवानपुर जिल्लाको इपा गाउँपालिकामा २२ मेगावाट क्षमताको बागमती स्मल जलविद्युत आयोजनाको निर्माण गरी सञ्चालन गरिरहेको छ ।

सो आयोजनाले २०७५ चैत्र १८ गतेबाटै विद्युत उत्पादन शुरु गरिसकेको छ । कम्पनीले सर्वसाधारणमा शेयर जारी गर्दा प्रिमियम मुल्यमा शेयर जारी गर्ने तयारी गरेको छ । कम्पनीले सोमबार एक कार्यक्रम आयोजना गरी आफ्नो कम्पनीको शेयर सर्वसाधारणमा निष्काशन तथा बिक्री प्रबन्ध गर्नका लागि प्रभु क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्ती गर्ने सम्झौता गरेको हो ।

सम्झौतामा माण्डु हाइड्रोपावरको तर्फबाट कम्पनीका अध्यक्ष महेश्वर प्रकाश श्रेष्ठ तथा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका हुन् ।

यसैगरी माइखोला हाइड्रोपावरको शेयर सर्वसाधारणमा निष्काशन तथा बिक्री प्रबन्धकमा पनि प्रभु नै नियुक्त हुने भएको छ । कम्पनीले इलामको इलाम नगरपालिका स्थित माई खोलामा सुपरमाई क्यास्केड जलविद्युत आयोजना निर्माण गरी सञ्चालन गरिरहेको छ । आयोजनाको क्षमता ३ मेगावाट रहेको छ । आयोजनाले २०७७ असार ३१ गतेबाट जलविद्युत उत्पादन शुरु गरिसकेको छ ।

यसैगरी आजै प्रभु क्यापिटल र ट्रेड टावर लिमिटेडबीच एक सम्झौता भएको छ । ट्रेड टावरले सर्वसाधारणमा निष्काशन गर्न लागेको प्राथमिक शेयरको प्रत्याभूतिकर्तामा प्रभु क्यापिटल नियुक्त भएको हो । कम्पनीले सर्वसाधारणमा ११ लाख ५८ हजार ९ सय ८० कित्ता शेयर सर्वसाधारणमा निष्काशन गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति: २०७९,असार,७,मंगलवार १०:४२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल राष्ट्र बैंकको नीतिले मुलुकमा व्यवसायिक वातावरण झन बिग्रन थालेको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । बैंक

काठमाडौं । पछिल्लो समय निरन्तर रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचक बिहीबार पनि गिरावट आएको छ ।बिहीबार नेप्से परिसूचक १९.०६

काठमाडौं । कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान) ले विद्यार्थीहरुलाई छात्रवृत्ति दिने भएको छ । नेपालमा सूचना तथा सञ्चार प्रविधिको विकास

काठमाडौं । अग्नि इन्कर्पोरेटले महिन्द्रा स्कार्पियो र बोलेरो रेन्जका सवारी साधनमा पहिलो पटक ७० प्रतिशतसम्म फाइनान्सिङ स्किम ल्याएको छ ।

ताजा समाचार

एनएसएल असोज चौथो साताबाट
 २०७९,श्रावण,२६,बिहीवार १६:४४
सिंहदरबारमा मन्त्रिपरिषद बैठक जारी
 २०७९,श्रावण,२६,बिहीवार १६:२२