यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य

लोकपथ
105
Shares

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि फलफूल तथा तरकारीको मूल्य निर्धारण गरेको छ ।

आज मंगलबार अदुवाको औसत मूल्य प्रतिकेजी ६५ रुपैयाँ, अनार ३७५ रुपैयाँ, दसहरी र मालदह आँप ९० रुपैयाँ, एभोकाडो ५२५ रुपैयाँ, रातो आलु ४६ रुपैयाँ ५० पैसा, भारतीय रातो आलु ३५ रुपैयाँ, मुडेको आलु ३७ रुपैयाँ ५० पैसा, सेतो आलु ३५ रुपैयाँ ५० पैसा, इमली १७० रुपैयाँ, स्थानीय काउली ५५ रुपैयाँ, लोकल काक्रो ७० रुपैयाँ, हाइब्रीड काक्रो, डल्लो फर्सि, स्कुस, लौका, घिरौला, बुलेट र माछे खुर्सानीलाई प्रतिकेजी ४५ रुपैयाँ पर्नेछ ।

त्यस्तै, कागती प्रतिकेजी १५० रुपैयाँ, किवि ५२५ रुपैयाँ, अकबरे खुर्सानी र कुरीलो २२५ रुपैयाँ, लोकल लिच्ची, रायोको साग, पालूगो साग र लोकल गाजर ९५ रुपैयाँ, नेपाली ठूलो गोलभेँडा र चुकुन्दर प्रतिकेजी ८५ रुपैयाँ, टनेल गोलभेँडा ३३ रुपैयाँ, लोकल घिउ सिमी ५५ रुपैयाँ, चिचिण्डो १७ रुपैयाँ ५० पैसा, कन्य च्याउ २७५ रुपैयाँ, डल्ले च्याउ ३७५ रुपैयाँ, झिगूनी ३५ रुपैयाँ, टाटे सिमी २१० रुपैयाँ, छडी माछा २४० रुपैयाँ, रहु माछा ३२० रुपैयाँ, तामा ११५ रुपैयाँ, तितो करेला ३० रुपैयाँ, न्यूरो ६५ रुपैयाँ, परवर ३१ रुपैयाँ, पुदीना ३७५ रुपैयाँ, ब्रोकाउली २१० रुपैयाँ, रुख कटहर र भिण्डी ३५ रुपैयाँ मकै बोडीलाई प्रतिकेजी ७५ रुपैयाँ पर्ने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?