काठमाडौँ -नेपाल विद्यार्थी संघको नामबाट बिहिबार एउटा विज्ञप्ती मिडियामा गए । विज्ञप्तीमा लेखिएको थियो- नेपाल विद्यार्थी संघले प्रदेश नम्बर २ मा गरिएको अवैधानिक मनोनित खारेज गरिएकाे छ ।
नेविसंघको विधान २०२७ को संशोधन २०६३ नियमावली अनुसार प्रदेश समिती प्रदेश संयोजकले नै बनाउने भन्दै अवैधानिक मनोनित खारेज गरिएको बताइएकाे थियाे ।

नेविसंघ प्रदेश २ का उपाध्यक्ष एवं प्रदेश संयोजक सञ्जय कुमार यादव तथा सहमहामन्त्री तथा २ नम्बर प्रदेश सचिव राजेश रौनियारले हस्ताक्षर उक्त विज्ञप्तिमा रहेकाे थियाे ।
तर यथार्थ जब यथार्थ कुरा बाहिरियो सबै चकित भए ।
भदौ ८ गते सहमहामन्त्री तथा २ नम्बर प्रदेश सचिव राजेश रौनियारद्धारा हस्ताक्षरित अर्को विज्ञप्तीमा नेविसंघ प्रदेश २ का उपाध्यक्ष एवं प्रदेश संयोजक सञ्जय कुमार यादवले आफ्नो चरित्रहत्या गर्ने उद्येश्यले नक्कली हस्ताक्षर स्क्यान गरी किर्ते कार्य गरेको दाबी गरिएकाे छ ।
२ नम्बर प्रदेश सचिव राजेश रौनियारले विज्ञप्तीमार्फत अघिल्लो दिन आएको विज्ञप्ती अत्यन्तै गैरजिम्मेवार र लज्जास्पद रहेको भन्दै प्रदेश समितीमा मनोनित सम्पूर्ण प्रदेश सदस्यहरु कायम रहेको जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया