‘न्याय माग्ने नागरिकलाई सरकारले गोली ठोक्यो’

काठमाडौं – नेपाली कांग्रेसका  नेता रामचन्द्र पौडेलले कञ्चनपुर घटनाको निष्पक्ष छानविन गर्न  माग गरेका छन् ।
पौडेलले एक विज्ञप्ती प्रकाशित गर्दै भनेका छन–‘कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको बारेमा उचित छानविनको माग गर्दै शान्तिपूर्ण रुपमा प्रर्दशनमा उत्रिएका सर्वसाधरण नागरिक प्रति सरकारले निर्मम तवरले गोली चलाएको घटनाको  घोर भत्र्सना गर्दछु ।’
 न्याय माग्नका लागि सडकमा उत्रिएका नागरिकलाई गोली चलाएर निर्मम दमन गर्ने घटना  २१ औं शताब्दीको अन्त्यमा कल्पना सम्म पनि गर्न नसकिने पौडेलले बताए ।

  नेता पौडेलले आन्दोलनकारीमाथि अन्धाधुन्द गोली चलाउदा आज १४ बर्षिया बालक चेतन भट्टको निधन भएको घटनाले अत्यत्नै दुखी बनाएको बताएका छन् । उनले भने, ‘तत्काल कञ्चनपुरमा भएको बलत्कारपछि हत्या भएको घटना देखि सर्वसाधरणमाथि अन्धाधुन्द गोली चलाइएको घटनाको बारेमा निष्पक्ष छानविन होस् । यसका साथै सम्पुर्ण घाइतेहरुको निशुल्क उपचारको व्यवस्था गर्न सरकारसंग माग गर्दछु ।’

 यसैबीच वरिष्ठ नेता पौडेलले कञ्चनपुरमा हिजो भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका अर्जुन भण्डाराको स्वास्थ्य अवस्थाबारे जानकारी दिएका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?