विमिस्टेक सम्मेलनका क्रममा तीन दिनसम्म सबै गाडी चलाउन नपाइने

काठमाडौं–विमिस्टेकको चौथो शिखर सम्मेलनका क्रममा   उपत्यका भित्र चल्ने सम्पूर्ण निजि तथा भाडाका सवारी साधनमा जोर बिजोर प्रणाली लागू हुने भएको छ ।
सो प्रणाली भदौ १३,१४ र १५ गते लागू हुने  ट्राफिक प्रहरीले जनाएको छ । उक्त अवधिमा सवारी आवागमन सहज बनाउनका लागि ट्राफिक प्रहरीले सवारी साधन सञ्चालनमा जोर विजोर प्रणाली लागु गर्न लागेको हो ।
प्रहरीका अनुसार  भाद्र १४ गतेका दिन जोर नम्बर प्लेटका सवारी साधनहरु मात्र सञ्चालन हुन पाउनेछन् भने १३ र १५ गतेका दिन बिजोर नम्बर प्लेट भएका सवारी साधन सञ्चालन हुन पाउनेछन् ।
सवारी साधनको अन्तिम २ अंकको आधारमा जोर र विजोर छुट्याईने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?