कञ्चनपुरमा फेरि तनाव, प्रहरीको गोली लागेर १४ वर्षीय बालकको मृत्यु

काठमाडौं – बलात्कारपछि मारिएकी बालिका निर्मला पन्तका हत्यारालाई कारवाहीको माग गर्दै महेन्द्रनगरमा भएको दर्शनमा प्रहरीले गोली चलाएको छ । त्यसक्रममा  एक १४ वर्षीय बालक चेतन भट्टको मृत्यु भएको छ ।
यस्तै गोली प्रहारबाट अरु ५ जना घाइते भएका छन् । प्रहरीको गोली लागेर कविन्द्र सिंह, सगुन सुवेदी, दामोदर खत्री, उमेश देउवा र चेतन भट्ट घाइते भएका छन् । प्रदर्शनकारीहरू जिल्ला प्रशासन कार्यालयतिर आउन खोज्दा प्रहरीले गोली प्रहार गरेको बताइएको छ ।

शुक्रवार बिहान शान्त रहेको महेन्द्रनगरको आन्दोलन साँझबाट फेरि शुरू भएर तनाव सिर्जना भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?