बिम्सटेक सम्मेलन: ३ दिन सवारीमा जोर विजोर प्रणाली लागु हुने

काठमाडौं । विम्सटेक सम्मेलनमा भाग लिन नेपाल आउने पाहुनाको सुरक्षा र सहज आवागमनको लागि तीन दिन नीजि तथा भाडाका सवारीमा जोर विजोर प्रणाली लागु हुने भएको छ ।

 यही भदौ १३, १४ र १५ गते गरी तीन दिन काठमाडौँ उपत्यकामा जोर विजोर प्रणाली लागु हुने भएको हो । 

को को आउँदैछन्  ?
सात सदस्य रहेको बिमस्टेकको सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, म्यानमारकी प्रजातन्त्रवादी नेतृ तथा राज्य परिषद्की प्रमुख आङसाङ सूकी, थाइल्याण्डका प्रधानमन्त्री प्रयुक्त चान–ओचा नेपाल आउँदैछन् । त्यस्तै सदस्य राष्ट्रका परराष्ट्र तथा विदेश मन्त्रीहरु, विदेश मन्त्रालयका उच्च अधिकारीहरुसमेत सम्मेलनमा सहभागी हुने भएका छन् ।

यस्तो छ सम्मेलनको बेलिविस्तार  

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?