भारतीय विवादास्पद बाबा राम रहिमले २० किलो तौल घटाए

काठमाडौं । महिला भक्तलाई बलात्कार गरेको अभियोगमा २० वर्षको काराबास सजाय पाएका भारतीय विवादास्पद बाबा राम रहिमले २० किलो तौल घटाएका छन् । उनलाई हरियाणा राज्यको रोहतक जेलमा राखिएको छ ।

दिनहुँ गर्ने ब्यायाम र साधारण भोजनका कारण यसरउनको तौल घट्न पुगेको हो । जेल प्रशासनले उनलाई खानाको रुपमा रोटी र दाल दिने गरेको छ भने कहिलेकाहीँ मिठाइको पनि व्यवस्था गर्ने गरिएको छ । यस्तै राम रहीमले जेलभित्रै रहेको जमिनमा काम गर्नुका साथै उचित रेखदेखको गर्ने जिम्मा पनि लिएका छन् । 

जतिबेला उनलाई अदालतले जेल सजाय सुनाएको थियो त्यतिबेला १०४ किलो तौल रहेका उनी अहिले ८४ किलो भएका छन् । 

हाइ प्रोफाइल हैदी भएका कारण ५१ वर्षीय राम रहीमलाई विशेष सेलको व्यवस्था गरिएको छ । जहाँ अन्य तीन कैदीहरु उनीसँगै रहेका छन् । यद्यपी उनको सेलमा उच्च सुरक्षा अपनाइएको छ । अरु कैदी र विचाराधीन कैदीहरु त्यहाँ जान पाउँदैनन् । 

हालै जेलबाट रिहा भएका केही कैदीले बताएअनुसार राम रहीमले भीआईपी सुरक्षा लिँदै आएका छन् । तर जेल प्रशासनले भने यो कुराको अस्वीकार गर्दै आएको छ । 

जेलका एक उच्च अधिकारीले बीबीसीलाई बताएअनुसार उनको लामो र कालो उनको दाह्री अहिले फुल्न थालेका छन् । दिउँसोको  समयमा उनले जेल परिसरमै सागपात लगाउनुको साथै त्यसको रेखदेखमा समय बिताउने गरेका छन्।  उनले भने– उनलाई जेलको जीवन शैलीमा आफूलाई ढाल्न केहि समय लागेको थियो । अहिले भने धुलमिल भइसकेका छन् । 

उनको गमीको समयमा जेलमै एसीको समेत माग गरेको भएपनि हरियाणा जेल प्रशासनको नियमका सीमाका कारण अनुमति नपाएको बताइएको छ ।

जेलका अधिकारीहरु भन्छन्– नियमित कैदी र उनको प्रोफाइल अनुसार उनी आइतबार र सरकारी छुट्टीबाहेक बागबनीमा काम गर्छन् । जसको ज्याला रु २० दिइन्छ । अहिदलेसम्म उनले ६ हजार कमाई भइरहेको छ ।

राम रहीम बिहान ६ बजे उठ्छन् भने त्यसपछि चिया पिउँछन् । त्यसपछि उनी कसरतका साथै पूजापाठ गर्छन् । त्यसपछि नास्तामा ८ बजे पाउरोटी र मौसमी फल लिने गर्छन् ।
दिउँसो एक बजेसम्म उनी श्रममा खटिन्छन् । त्यसपछि   दाल रोटी खानाको रुपमा खाएपछि उनी साँझ ५ बजेसम्म जेलमै आराममा हुन्छन् । साँझ केही कैदीहरुबीच भेटघाटको अनुमति भएपनि रामरहीम किताव बढ्न र कबिता लेख्नमा तल्लीन रहन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?