काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्सटेक)मा सहभागि भएको बेला म्यानमारका राष्ट्राध्यक्ष र श्रीलङ्काका राष्ट्रपतिले लुम्बिनीको भ्रमण गर्ने भएका छन् भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस पटकको यात्रामा पनि पशुपतिको दर्शन गर्ने भएका छन् ।
भारतीय प्रधानमन्त्री मोदीले यस पटकको यात्रामा पनि पशुपतिको दर्शन गर्नेछन् । मोदी १४ गते बिहान काठमाडौं आइपुग्ने कार्यक्रम छ । उनले १५ गते बिहान पशुपतिको दर्शन गर्नेछन् । सोहि दिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नेछन् । बिम्सटेकमा भाग लिन सबैभन्दा पहिला म्यानमारका राष्ट्राध्यक्ष यु विन मिन्च नेपाल आउँदैछन् । भदौ १२ गते नेपाल आएपछि उनी लुम्बिनी भ्रमणमा जानेछन् ।
त्यस्तै म्यानमारका राष्ट्राध्यक्ष मिन्च भदौ १३ गते नेपाल आउँदैछन् । उनले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । बिम्सटेकमा सहभागी हुन श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरसेना भदौ १३ गते काठमाडौं आइपुग्न कार्यक्रम तय भएको छ । यही मौका पारी श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरसेनाले पनि लुम्बिनी भ्रमण गर्ने भएका छन् उनी भदौ १६ गते लुम्बिनी जाने कार्यक्रम छ ।
यसैबिच राष्ट्रपति विद्यादेवी भण्डारीले १४ गते सम्मेलनमा सहभागि हुन आउने राष्ट्रप्रमुख र सरकार प्रमुखलाई दिवाभोजको कार्यक्रम राखेकी छिन् । दिवाभोजपछि मात्र बिम्सटेकको कार्यक्रमको औपचारिक उद्घाटन र सम्बोधन हुनेछ । सोही दिन साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले बिम्सटेकमा सहभागिहरुका लागि होटल हायातमा रात्रीभोजको कार्यक्रम राखेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया