श्रीलङ्कामा डेङ्गुबाट ४१ को मृत्यु

श्रीलङ्का । श्रीलङ्कामा यस वर्षको शुरु देखि हालसम्म डेङ्गुबाट ४१ जनाको मृत्यु भएको छ । 

त्यस्तै, ३६ हजार भन्दा बढी यो महामारी रोग प्रभावित भएको नियन्त्रण संस्थाले जानकारी दिएको हो । 

अगष्ट महिनामा मात्र देशभरी १ हजार ७५ जना डेङ्गुका बिरामी भेटिएका छन् भने गत महिना ६ हजार २ सय २१ व्यक्तिमा यो रोग देखा परेको थियो । 

राजधानी सहर कोलम्बोमा यसवर्ष सबैभन्दा बढी ६ हजार ९ सय ३७ जनामा डेङ्गु पाइएको छ । दोस्रो स्थानमा पूर्वी जिल्ला बाटिकोलोवामा ४ हजार १ सय ५६ जनामा यो रोग देखा परेको छ । यो रोग प्रभावित तेस्रो स्थानमा कोलम्बोको बाहिरी इलाकामा पर्ने गाम्पाहा रहेको छ । गाम्पाहामा ३ हजार ६ सय १९ व्यक्तिमा उक्त रोग देखा परेको छ । 

राष्ट्रिय डेङ्गुरोग नियन्त्रण इकाईले दक्षिणपश्चिम क्षेत्रको व्यापक मनसुनी वर्षाका कारण डेङ्गुरोग व्यापक रुपमा फैलिएको जनाएको छ । इकाईले देशका उत्तरी र पूर्वी क्षेत्रका सबैभन्दा जोखिममा रहेका क्षेत्रहरुमा डेङ्गु नियन्त्रणका लागि विशेष कार्यक्रमहरु प्रारम्भ गरेको बताएको छ । 

गत वर्ष श्रीलङ्कामा डेङ्गुबाट ३ सय भन्दा बढी व्यक्तिको मृत्यु भएको र १ लाख ३६ हजारभन्दा बढी व्यक्ति प्रभावित भएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?