काठमाडौं । कांग्रेस केन्द्रीय समितिको बैठक शनिबार ११ बजेसम्मका लागि स्थगित भएको छ ।
महासमिति बैठकको तयारीलगायत समसामयिक राजनीतिक विषयमा शुक्रबार बिहान ११ बजेका लागि बोलाएको बैठक शनिबारसम्मका लागि स्थगित गरिएको हो ।
केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बस्ने भनिएको बैठक नेता रामचन्द्र पौडेल पक्षले असन्तुष्टि व्यक्त गरेका कारण शनिबारसम्मको लागि सारिएको हो ।
बिहीबार सभापति शेरबहादुर देउवाले गठन गरेको ११ सदस्यीय विधान मस्यौदा समितिमा अर्का नेता रामचन्द्र पौडेल पक्षले असन्तुष्टि राख्दै बैठक नै बहिस्कार गर्ने चेतावनी दिएपछि स्थगित भएको हो ।
सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेलपक्षबीच शुक्रबार चार घण्टासम्म आन्तरिक छलफल भएको थियो । छलफलमा गत असारमा भएको जिल्ला सभापतिहरुको भेलाको निर्णयअनुसार विधान मस्यौदा समितिमा जिल्ला सभापतिहरुको पनि प्रतिनिधित्व हुनुपर्नेमा समितिमा केन्द्रीय सदस्यमात्रै राखेको भन्दै पौडेलपक्षले आपत्ति जनाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया