‘एशियाड’: पुरुष भलिबलमा नेपालको खराब नतिजा

जाकार्ता । जारी १८ औँ एशियाली खेलकुद ‘एशियाड’ अन्तर्गत नेपाली पुरुष भलिबल टोली समूह चरणबाटै बाहिरिएको छ ।

गोर बुलुनगन इन्डोर स्टेडियममा भएको शुक्रवार भएको समूह ‘डी’ अन्तिम खेलमा नेपाल दक्षिण कोरियासँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो । नेपाल कोरियाको टिमसँग ३–० को सोझो सेटमा पराजित भएको हो ।

पहिलो सेटमा नेपाल कोरियासँग २५–१६ स्कोरल पराजित भएको थियो । त्यस्तै, दोस्रो सेट २५–१३ ले गुमाएको नेपाल अन्तिम सेटमा २५ १४ ले पराजित भयो ।

नेपालले पहिलो खेलमा चाइनिज ताइपेईसँग ३–० को सोझो सेटमा हार बेहोेरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?