बढ्यो हवाई भाडा, कहाँको कति ?

लोकपथ
559
Shares

काठमाडौं । सार्वजनिक यातायातसँगै हवाई भाडामा पनि वृद्धि भएको छ ।

वायु सेवा सञ्चालक समितिले आइतबार देखि लागु हुनेगरी इन्धन शुल्क बढेको र भाडामा पनि वृद्धि भएको जनाइएको छ । नेपाल आयाल निगमले हवाई इन्धनको मूल्य बढाएकोले निजी हवाई सेवा प्रदायक कम्पनीहरूले भाडा बढाउने निर्णय गरेको जनाइएको छ । वायुसेवा कम्पनीका अनुसार एउटै रुटमा ८४० रुपैयाँसम्म वृद्धि भएको छ।

काठमाडौं माउन्टेन फ्लाइटको भाडा ६५५ रुपैयाँले बढेर १४ हजार ७२० रुपैयाँ पुगेको छ।

त्यसैगरी काठमाडौं-भद्रपुर ५७० ले बढेको छ भने काठमाडौं-विराटनगर ४५५ ले बढेको छ। काठमाडौबाट हुने अन्य गन्तव्यहरु जनकपुरमा २४५, भरतपुर २००, पोखरा ३००, भैरहवा ३९५, नेपालगन्ज ६२०, धनगढी ८४०, तुम्लिङटार ३५० र सिमराको १७० रुपैयाँले बढेको समितिले जनाएको छ ।

सरकारले आइतबार रातिदेखि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेसँगै सार्वजनिक यातायातको समेत भाडा वृद्धि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?