१८ औँ ‘एशियाड’: ब्याडमिन्टनमा रत्नजित र बिकाश पहिलो चरणबाटै आउट

जाकार्ता । १८ औँ ‘एशियाड’ ब्याडमिन्टको पुरुष एकलतर्फको खेलमा नेपालका रत्नजित तामाङ पहिलो चरणबाटै बाहिरिएका छन् । 

शुक्रवार भएको पुरुष एकलतर्फको खेलमा नेपालका रत्नजित तामाङ दक्षिण कोरियका वान्हो सनले २-० को सोझो सेटमा पराजित गर्दै प्रतियोगिताबाट बाहिरिएका छन् । 

खेलको पहिलो सेटमा २१-८ ले पराजय भोगेको तामाङले दोस्रो सेटमा भने खेलमा फर्कने प्रयास गरेका थिए । दोस्रो सेटमा उनी २१-११ ले पराजित भएका थिए । यी दुई खेलाडीबीचको खेल ३१ मिनेट चलेको थियो । 

त्यस्तै, शुक्रवार नै भएको अर्को खेलमा नेपालका बिकाश श्रेष्ठ जापानका केन्टो मोमोतासँग २१-९ र २१-१० को सेटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?