१८ औँ ‘एशियाड’: ब्याडमिन्टनको महिला डबल्समा नेपाल दोस्रो चरणबाटै बाहिरियो

जाकार्ता । इन्डोनेशिया जारी १८ औँ ‘एशियाड’ अन्तर्गत ब्याडमिन्टनको महिला डबल्समा नेपाल पराजित भएको छ । 

शुक्रवार भएको प्रि-क्वाटरफाइनल खेलमा नेपालका रसिला महर्जन र अमिता गिरीको जोडी दक्षिण कोरियाका हेयोङग कोङग र हेरिन किमको जोडीसँग २-० को सोझो सेटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएका हुन् ।

खेलको पहिलो सेटमा नेपाली टोली २१-७ को सेटमा पराजित भयो । त्यस्तै, दोस्रो सेट नेपाली खेलाडीको जोडीले २१-१ को सेटमा गुमायो ।

पहिलो सेटमा टक्कर दिएको नेपालका महर्जन र गिरीको जोडी दोस्रो सेटमा भने कोरियाको जोडीसँग सहजै पराजित भएका थिए ।

यी दुई टिमबीचको खेल १६ मिनेट मात्र चलेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?