काठमाडौंको  भद्रकालीमा स्कुटर दुर्घटना हुँदा एकको मृत्यु

काठमाडौं । भद्रकाली अगाडि बा ९१ प ८१९ नम्वरको स्कुटर अनियन्त्रित भइ विजुलीको पोलमा ठोक्कीदा एकजनाको घटनास्थल मै मृत्यु भएको छ ।

महानगरीय टाफिक प्रहरीका अनुसार शुक्रबार बिहान भद्रकाली पुलमूनिबाट स्लीप खाएर अनियन्त्रित भइ सडकमा रहेको विजुलीको पोलमा स्कुटर ठोक्कीदा काभ्रे शिखर आमबोटे गाउँपालिका ८ घर भएका २६ वर्षीय संजिव लामाको मृत्यु भएको छ । 

सो स्कुटरका चालक संजीव तामाङ गम्भीर घाइते भएकाले थप उपचारका लागि बीर अस्पताल ट्रमा सेन्टर पठाइएको जनाइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?