बालाजुबाट नक्कली पुलिस पक्राउ

काठमाडौं । बालाजु माछापोखरी क्षेत्रबाट आज विहान एकजना नक्कली पुलिस पक्राउ परेका छन् । 

स्थानीय बासिन्दाहरुलाई सिआइवी प्रहरी हुँ भन्दै धाकधम्की दिँदै हिँडेको अवस्थामा ती ब्यक्तिलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको हो । 

पक्राउ पर्ने नक्कली पुलिस नुवाकोट तादी गाउँपालिका ६ घर भएका २४ वर्षीय बिज्ञान दाहाल रहेका छन् ।

अभियुक्त दाहालले गोंगबु नयाँ बसपार्क, मित्रनगर लगायतका क्षेत्रमा शादा पोशाकमा खटेको सिआइवी प्रहरी हुँ भन्दै धम्की दिने र उधारो खाजा नास्ता खाएर हिड्ने गरेका थिए । 

उनका बारेमा स्थानीय ब्यापारीले प्रहरीलाई खबर गरेपछि महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटेको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?