१३ मङ्सिर २०८०, बुधबार

काश्मिरमा फेरि तनाव, भारतीय प्रहरीको गोलीबाट एक जना मारिए

२०७४,आश्विन,२९,आईतवार १०:४४

9
Shares

 मुजफ्फरबाद, पाकिस्तान, २९ असोज ।प्राय तनाव भइरहने भारत पाकिस्तान सीमाक्षेत्र काश्मिरमा आइतबार फेरि अर्काे झडपमा परी एकजनाको ज्यान गएको समाचार छ ।भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागि पाकिस्तानी नागरिकको ज्यान गएको पाकिस्तानी पक्षले जनाएको छ । त्यसमा परी अरु पाँच जना घाइते भएका छन् ।यसरी घाइते हुनेमा चार जना बालबालिका पनि परेका छन् । काश्मिरको सत्ताल र निक्ल क्षेत्रमा भारतीय प्रहरीको गोली लागेर एकजना पाकिस्तानी नागरिकको ज्यान गएको र अरु पाँच जना घाइते भएका हुन् ।सो झडपमा परी अरु पनि केही व्यक्ति घाइते भएका पाकिस्तानी पक्षले जनाएको छ । घाइते हुनेमा सोही गाउँका व्यक्ति परेका समाचारमा उल्लेख गरिएको छ ।गएको मङ्गलबार मात्र पनि भारत अधिनश्थ काश्मिरमा रहेको भारतको अर्धसैन्य बलको चेकपोष्टमा सशस्त्र हतियारधारीले आक्रमण गरी तीन जना भारतीय सुरक्षाकर्मीको हत्या गरेका थिए ।सो आक्रमणमा पाकिस्तानी आतंककारी समूहको हात रहेको भारतीय पक्षले जनाएको छ । सो क्षेत्रमा गत महिना पनि दुवै पक्षका सेनाबीच गोली हानाहान भएको थियो । 

प्रकाशित मिति: २०७४,आश्विन,२९,आईतवार १०:४४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं। हमासले युद्धविरामको पाँचौँ दिन थप १२ जना बन्धकलाई रिहा गरेको छ । रिहा हुनेमा १२ जना इजरायली नागरिक र

काठमाडौं । भारतको उत्तरकाशीको सिल्कियारा सुरुङमा फेसका ४१ जना कामदारलाई सुरक्षितरुपमा बाहिर निकिलिएको छ । उनीहरुलाई मंगलबार भारतीय समय अनुसार

काठमाडौं । श्रीलंकाले चिनियाँ ऊर्जा कम्पनी सिनोपेकलाई रणनीतिक रूपमा महत्वपूर्ण हम्बनटोटा बन्दरगाहमा ४.५ अर्ब डलरको नयाँ पेट्रोलियम रिफाइनरी प्लान्ट स्थापना

काठमाडौं । दक्षिण कोरियाको युवा जनसङ्ख्या तीव्र गतिमा घट्दै गएको एक अनुन्धानले देखाएको छ । अचम्म त के छ भने

ताजा समाचार

ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
 २०८०,मङ्सिर,१३,बुधबार १६:५८