११ असार २०७९, शनिवार

पुरुष हो भन्दैमा प्रयोगमा नआएपनि कन्डम बोक्नै पर्छ र ?

२०७९,असार,६,सोमवार १६:१७

18.864k
Shares

राधिका ढकाल

म एसएलसीपछि पाल्पा क्याम्पस पढदै थिएँ । गर्मी बिदा भएको थियो । असारको समय थियो । असारमास आफू घर गए एउटा रोपार भए पनि कम हुन्छ भन्ने सोचेर म गाउँतिर लागेँ ।

गाउँमा हुने काम त्यही त हो खेतीपाती । एकदिन को कुरा हो, म बाख्रा पाखामा छोड्न गए । मजुवा खेतमा रोपाईँ गर्ने सिजन चलेको थियो । खेतैभरी खेताला देखिन्थे ।

तल्ला घरे काकाको छोरो सन्ते पनि एक्लै आलि लगाउँदै रहेछ ।

बाख्रा तलभुजंगेको चरनमा लगाइदिएर सन्ते भए तिरै गएर गफ गर्न लागेँ । सन्ते पनि एसएलसी दिएर फुर्सदमा रहेछ ।

सन्तेको बालीघरे हलीदाङ सिङको पूर्ने सार्कीले बिहानै देखि कोदो तानेछ र उनीहरुको हल रोकिएको रहेछ । सन्तेले कपडा (पर्स सहित) खेतको काल्नातिर राखेर जाङ्गे र भेष्ट लगाई आलि लगाउँदै थियो ।

उ काममा निकै व्यस्त देखिन्थ्यो । कसो गरि मेरो आँखा सन्तेको पर्समा परेको डाममा पर्न गयो । पर्समा देखिएको डामको आकार लेबेन्टीको जस्तो देखियो र मैले सन्ते लाई भने “तिमीले लेबेन्टी राखेको रहेछौ, मलाई देउ न ….।’’ भन्दै मैले उसको पर्स खोल्न लागे ।

सन्ते आत्तिँदै मलाई पर्स नखोल्न आग्रह गर्दै, ‘ए पख न मोरि त्यो लेबेन्टी होइन’ भन्दै थियो मैले निकालीहालेँ ।

त्यो देखेर म तीन छ्क्क परे । मेरो मुख आँ भयो । न होस् पनि कसरी ! भर्खर स्कुल सकेको भाइ पर्समा कन्डम बोकेर हिँड्दो रहेछ ।
सन्तेलाई पर्नसम्मको फसाद पर्‍यो, रातो पिरो हुँदै बढिघाट खोला र पारी जुभुङको डाँडातिर हेर्न लाग्यो ।

मैले हप्काउँदै उसलाई फटाहा यो के राखेको पैसा राख्ने ठाममा ? भन्दै कराए । आजकालका केटाहरु उम्रिन पाछैन खल्तीमा यस्ता सामान बोक्छन् । के काम हो यसको थाहा छ ? भन्दै भुतभुताउँदै थिए म पनि । मैले अलि धेरै नै बोले छु कि क्या हो सन्तेले फ्याट्टै मुख खोल्यो “सिकाइदे भो त’’!

अब त यसले हद नै नाघ्यो नि ! पख तेरो घरमा कुरा लगाइदिन्छु भन्दै औँला उहीँ भएतिर देखाउँदै म त्यहाँबाट हिँडे ।

त्यसको हौँसले ठाउँ छोडेछ क्यारे । सँगै जोडिएकोको हाम्रो खेतमा समेत आली लगाइदेछ । उताबाट मेरो आमाले ओ साने ! ठूलो गरो त सक्काइदेछस् अब चेप्टे गरोको आलि पनि लाइदे है भन्दै फलाक्दै हुनु हुन्थ्यो । अरु कुरा खै के के भए म पल्लो पट्टीको गहिरो भागमा आइसकेको थिए ।

मनमा सन्तेकै कुरा खेल्यो, यो घरमा भन्ने कुरा नि होइन । न भनौं भने यो अपरिपक्क उमेरमा कन्डम बोक्नु पनि त राम्रो होइन । म सोचमा परे । हुन पनि मै उस्ती अर्काको चिज न छोको भए पनि त हुने ।

दिन छँदै घाँसको भारी बोकेर बाख्रा धपाउँदै घर पुगेँ । आमा घरधन्दा अनि बा गोठ धन्दातिर लाग्नु भएको रहेछ । म भने यसो गाउँ डुल्न हिँडे । म सन्ते को घर पुगे । सन्ते घर आएकै रहेनछ । पक्कै पनि मैले कुरा लगाइदिए भनेर न आएको हुनुपर्छ । म काकीसँग गफमै लागेँ । सन्तेलाई पनि अब पाल्पा क्याम्पसमा पढाउन सल्लाह दिए । रात पर्नै आँटेको थियो म घर फर्किए ।

भोलिपल्ट हाम्रो रोपाइँ थियो । सबेरै उठेर हामी सबै काममै लाग्यौँ । दिउँसो मेलामा सन्ते पनि आएको थियो । तर उ मेरो वरिपरि नै परेन । खाजा खाने बेलामा लर्कनसँग खेतला आलिको डिलमा बसेका थिए । सन्तेको आमाले फ्याट्ट बोलिन् । बाटुलीले सन्तलाई मात्रै के भनेकी थिइन् । सन्तेको रुपको रङ नै उड्यो । सन्ते डरले फलत्तै गल्यो, लल्याकलुलुक हुँदै मुखमा राखेको चाम्रे निलम न ओकेलम भयो । उसलाई यति हुँदासम्म काकीले बोलेर सकेकी थिइन् ।“बाटुली नि पाल्पा क्यापस पढनी रैछ ।’’ अब साने लाई नि त्यही पढाउनु पर्‍यो ।“

सन्ते भने बहाना बनाएर त्यहाँबाट भाग्यो । एक्छिन पछि रोपार भएकै गरा मा बाक्से गदै थियो सन्ते । त्यही मौकामा सन्तेलाई मैले तिम्रो घरमा कुरा लगाइदेकी छु भनेँ ।

आखिर बिताई त हालिछे भन्दै एक्लै भूतभुताउँदै घरमा कसरी मुख देखाउने होला भन्दै रिसाउँदै थियो सन्ते ।

म रोपाइँ सकेर पाल्पा फर्किएँ । सन्ते पनि पाल्पा क्याम्पस नै आएछ । एक दिन मैले चिया खान बोलाए ।

सन्तेले त्यही मौकामा डराईडराई सोध्यो, ‘‘तिमीले घरमा कुरा लाइदेकी हौ ?’’ म मुर्छा पर्दै हाँसे । अनि भने, “मैले गर्दा पाल्पामै आयौ, नत्र बुटवलको गर्मीमा हुन्थ्यौ ।…त्यस्तो कुरा पनि भन्छन् घरमा कसैले अझै पनि राख्ने गर्या छौ ?’’ मैले सोधेँ ।

उसले मुन्टो हल्लाउँदै छैन भन्ने बतायो । उसलाई धेरै नै डर लागेछ म सँग । अपरिपक्व उमेरमा पर्समा कन्डम बोकेर हिँडदा उसले कुनै पाप नै गरेजस्तो भएछ । चिया सक्काएर हामी आ आफ्नो बाटो लाग्याैँ ।

अचेल सन्ते जस्ता धेरै युवाहरु प्राय कन्डम बोकेर नै हिड्छन् । यसरी बोकेर हिडनु कत्तिको सुरक्षित हो वा होइन । त्यसको सहि प्रयोग गर्ने कसरी भन्ने बारे थाहा नहुने उमेर मै किन बोकेका होलान् ?

पुरुष हो भन्दैमा प्रयोगमा नआए पनि कन्डम बोक्नै पर्छ र? मैले मनमनै प्रश्न गरे । हुन त मेरो विचारमा केटाहरुले सेफ्टी कै लागि बोकेको हुनुपर्छ ।

जस्तो कि, हामी महिलाहरुले महिनावारी हुने समय नजिकका दिनमा व्यागमा रुमाल, प्याड बोकेका हुन्छौं । अकास्मात महिनावारी भैहाल्यो भने त आफुले सामान बोकेको छ भने समस्या त पर्दैन । तर पनि उमेर नै नपुगेको सन्तेले खेतमा काम नै गर्न जाँदा त कन्डम बोक्नै पर्छ बन्ने पनि त छैन ।

मैले भेटाएर पो उसको घरमा कुरा लगाइदिन त अरुले भेटेको भए के हुन्थ्यो होला ? आजकालका केटाहरुनै यस्तै छन् भन्या एउटाले जे गर्‍यो सबैलाई त्यही गर्नुपर्ने ।

बिचरा सन्ते त्यो स्कुले बेलाको डरले अहिलेसम्म पनि मेरो अगाडी शिर ठाडो गरेर बोल्न सकेको छैन ।

प्रकाशित मिति: २०७९,असार,६,सोमवार १६:१७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सरोज सुवेदी । राजनीतिक विषयमा प्राय सबैतिर कुराकानी सुन्न र गर्न पाइन्छ । त्यसै क्रममा आज एक जना लेखकसँग चियासँगै

काठमाडौं । ‘सुन साइँली साइँली परदेशबाट आउँला                 सुन साइँली साइँली ४० कटेपछि

केशवप्रसाद रूपाखेती-  ‘युवा’ शब्द सुन्नेबित्तिकै सबैको मनमा हाँकयुक्त शक्ति, हरेक अप्ठ्यारोलाई सहज बनाउने शक्ति, विषम परिस्थितिमा पनि अविचलित हुने शक्ति,

 नवराज भट्ट । काठमाडौं- मुलुक राजनीतिक रूपमा अत्यन्त संकटमा फसेको अवस्थामा नेपाली कांग्रेस सत्तारुढ हुन पुगेको अवस्था हो यो ।

ताजा समाचार

बाढीले मेलम्चीमा रातभर तनाव
 २०७९,असार,११,शनिवार ०७:२१
प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा खड्का
 २०७९,असार,१०,शुक्रवार २१:१६