भक्तपुरबाट छ जुवाडे पक्राउ, नयाँ मुलुकी संहिता अनुसार कारवाही

भक्तपुर । भक्तपुर नगरपालिकाको वडा नम्वर ९ स्थित कृष्ण गोसाईको निर्माणाधीन घरको भुई तलामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । 

जुवाअखडाबाट काभ्रे बनेपा नगरपालिका १ का ५७ वर्षीय अर्जुन दुलाल सहित ६ जनालाई नगद ८६ हजार ७ सय २० रुपियाँ र ९ बुक तास सहित प्रहरीले पक्राउ गरेको हो । 

उनीहरुलाई नयाँ मुलुकी संहिता अनुसार, कानुनी कारवाहीको तयारी भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । नयाँ मुलुकी संहिताले जुवाडेहरुलाई जेल सजायको व्यवस्था गरेको छ । 
त्यस्तै, काठमाडौं महानगरपालिका ३ स्थित महारगञ्ज डेरा गरी बस्ने रामेछापका ३२ वर्षीय राजु गर्देल र ३६ वर्षीय ईन्द्र गुरुङलाई अवैध लागूऔषध खैरो हिरोइन सहित प्रहरीले पक्राउ गरेको हो । 

उनीहरुको साथबाट ४५ ग्राम खैरो हिरोइन बरामद भएको छ । प्रहरीका अनुसार, कोठा खानतलासी गर्दा उक्त परिमाणको लागूऔषध बरामद भएको हो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?