सेयर बजार घट्ने क्रम रोकिएन

लोकपथ
117
Shares

काठमाडौं । सोमबार सेयर बजारमा करिब २.५५ प्रतिशतले गिरावट आएको छ । निरन्तर ओरालो लागिरहेको सेयर बजारमा आज पनि गिरावट आएको हो ।

यस दिन सेयर बजार मापक नेप्से परिसूचक ४९ दशमलव ३१ अंकले घटेर १८८४ दशमलव ८१ बिन्दुमा झरेको छ ।

त्यस्तै, ठूलो कम्पनीको सेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ७ दशमलव ६६ अंकले घटेर ३६६ दशमलव १९ बिन्दुमा झरेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज दिनभर २३० कम्पनीको ६१ लाख ८६ हजार ९४१ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ७५ करोड ६ लाख १७१ रुपैयाँको कारोबार भएको छ ।

कारोबारमा आएका १३ उपसमूहमा १३ वटै उपसमूहको सेयर घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?