विम्सटेक सम्मेलन : भारतसँग दुई वटा रेल सम्झौता हुने

काठमाडौं । विम्सटेक चौथो शिखर सम्मेलनमा नेपालले भारतसँग रेल सम्बन्धि दुई वटा समझदारी एमओयू गर्ने भएको छ ।  

यही भदौ १४ र १५ गते काठमाडौंमा हुने विम्सटेक सम्मेलनमा नेपाल सरकारले ‘रेल लाइन’ र ‘बल्क कार्गो’ सम्बन्धि सम्झौतामा हस्ताक्षर गर्ने भएको हो । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र चीन जोड्ने गरी रेल विस्तार हुने बताउँदै आएका छन् । यसअघि पनि दुवै देशमा भएको भ्रमणका क्रममा पनि उनले उक्त कुरा उठाएका थिए । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यो तेस्रो नेपाल भ्रमण हो । यसै अवसरमा नेपालले यस्तो सम्झौता गर्ने तयारी थालेको हो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?