फापरविज्ञ डा. विनायक राजभण्डारीको ‘हिकास्ट ड्रिम प्रोजेक्ट’ : सम्भव छ कृषि क्रान्ति (भिडियो)

नेपाल कृषिप्रधान देश यस अर्थमा कि यहाँको करीब ७३ प्रतिशत जनसंख्या कृषि क्षेत्रमा निर्भर छ ।

उर्वर जमिन भएकाले यहाँ कुनै पनि मौसममा जमिन बाँझो रहनुपर्ने अवस्था आउँदैन । तर, रहन्छ ।

कति कृषि योग्य जमिनहरु उजाड छन् । नाङ्गै छन् । कृषिप्रधान देशमा वर्षेनीअर्बौंको खाद्यान्नदेखि सब्जी, फलफूल आयात गर्नुपर्ने अवस्थाले हामी कृषि क्षेत्रमा कहीँ न कहीँ चुकिरहेका छौं भनेर प्रष्टै देखाउँछ ।

कति कृषियोग्य जमिन उजाड छ । नाङ्गै छन् । कृषिप्रधान देशमा वर्षेनी अर्बौंको खाद्यान्नदेखि सब्जी, फलफूल आयात गर्नुपर्ने अवस्थाले हामी कृषि क्षेत्रमा कहीँ न कहीँ चुकिरहेका छौं भनेर प्रष्टै देखाउँछ । त्यसैले कृषिमा भएका सम्भावनालाई उपलब्धिमा परिणत गर्न क्रान्तिको आवश्यकता छ ।

क्रान्तिकारीको आवश्यकता छ ।

यही आवश्यकता महसुस गरेका डा. विनायक राजभण्डारी (कृषि विशेषज्ञ) कृषिलाई आफ्नो साधना मान्छन् । 

‘यो साधनामा लीन भएर वर्षौं बित्यो । अझै कति वर्ष बित्छ टुङ्गो छैन ।’, चश्मा मिलाउँदै राजभण्डारीले भने ।

जीवनको ६६ औं बसन्तबाट फर्केर हेर्दा उनी आफ्नो सबैभन्दा बढी समय कृषि अनुसन्धान र परियोजनामै व्यतीत भएको अनुभव गर्छन् ।

'बुबाकै कारण विज्ञान पढियो'

विनायकको जन्म वि सं २००९ कार्तिक १ गते नवलपरासी जिल्लाको एक मध्यम वर्गीय परिवारमा भयो । उनीमाथि तीन दाजुहरु छन् । त्यस्तै तीन भाइ र एक बहिनी छन् । बुबाको कमाइमा मात्रै निर्भर हुन परेकाले दुःखसुख जीवन चलाउनुपर्ने अवस्था थियो । अत्यन्तै आवश्यक आवश्यकताहरुले मात्र पूरा हुन पाउँथे उनका  ।
 

‘तर, पढ्नलाई कुनै समस्या भएन । बुबालाई आफ्ना सबै छोराछोरीहरुले राम्रो पढून् भन्ने इच्छा थियो ।

अरु कुरामा दुख गरेर भए पनि ।’ विनायक आफ्ना बुबाको छवि याद गर्छन् । केही मुस्कुराउँछन् ।  

त्यसताका नेपाली समाजमा पुरुषको एकाधिकार थियो । त्यसैले पनि घरमा हरेक निर्णय लिने अधिकार बुबालाई मात्र हुन्थ्यो ।

विनायकका बुबा पनि त्यही पितृसत्तात्मक समाजका एक प्रतिनिधि न हुन् आफ्ना छोराछोरीलाई जसरी नि विज्ञान नै पढ्न जोड दिन्थे ।

विज्ञान, गणित बाहेक अरु विषयलाई विषय नै गन्दैनथे । ‘कमर्स, ह्युमानिटिज पढ्छु भन्यो भने आफैं कमाएर पढ् । मेरो भर नपर् भन्नुहुन्थ्यो बुबा त !

विज्ञान, गणित बाहेक अरु विषयलाई विषय नै गन्दैनथे । ‘कमर्स, ह्युमानिटिज पढ्छु भन्यो भने आफैं कमाएर पढ् । मेरो भर नपर् भन्नुहुन्थ्यो बुबा त !’ यसपटक भने अलि जोडले हाँस्दै विनायक बोले ।‘दुईजना दाजुले त आफैं कमाएर नै पढ्नुभयो । मैले चाहिँ विज्ञान नै रोजें ।’ उनले थपे ।

नवलपरासीदेखि मस्कोसम्म
विनायकले सेकेन्ड डिभिजन ल्याएर एसएलसी परीक्षा उत्तीर्ण गरे । खुशीको कुनै सीमा नै रहेन ।

त्यसताका सेकेन्ड डिभिजन भनेको अत्यन्तै ठूलो अंक थियो । कमैले ल्याउँथे । त्यसमा उनी पनि परे ।

त्यसपछि विनायक सपनाको शहर काठमाडौं आए । यो शहरले आफ्नो सपना 'पूरा' गरिदिन्छ भनेर शायद ढुक्क थिए उनी ।

नभन्दै त्यस्तै भयो ।

त्रिचन्द्र कलेजमा आइएस्सी सकेर विनायकले रामपुरबाट कृषि विषयमा स्नातक गरे । ‘कृषि पनि पढ्ने चीज हो र ?’ भन्ने प्रश्नहरु नसोधिएका होइनन् । तर, उनले यसैमा आफ्नो भविष्य देखिसकेकाले अरुको अभिव्यक्तिले खासै महत्त्व राखेन ।

यसै सिलसिलामा उनी छात्रवृत्ति प्राप्त गरेर मस्को पुगे ।

त्यहाँबाट पढाइ सकाएर आफ्नै देशको कृषि क्षेत्रलाई उत्थान गर्ने उद्देश्यले बिनायक नेपाल फर्किए । 

नेपाल आएपछि उनले त्रिभुवन विश्वविद्यालयमा अध्यापन गरे, विभिन्न संघसंस्थामा आबद्ध भएर कृषि खोज अनुसन्धान गरे । ग्रामीण भेगमा कृषि उत्थानका लागि परियोजनाहरु सञ्चालन गरे ।

नेपालमै पहिलोपटक फापरसम्बन्धि अध्ययन गर्ने व्यक्ति उनी नै हुन् । यस अनुसन्धानकै आधारमा उनले दुई पुस्तक समेत प्रकाशन गरेका छन् ।

त्यसैले विश्वजगतमा उनको नाम ‘फापरविज्ञ’ का रुपमा समेत परिचित छ ।

 
‘हिकास्ट इज माइ ड्रिम प्रोजेक्ट’
हिकास्ट, हिमालयन कलेज अफ एग्रीकल्चरल साइन्स एण्ड टेक्नोलोजी, राजधानीको एकमात्र कृषि कलेज । हिकास्ट कलेज कलेज मात्र होइन । विनायकका लागि प्यारो सन्तान हो । जसलाई उनले जन्म दिए ।

धेरै संघर्ष गरेर । अनि हुर्काए, स्थापित गराए । अझै बढी संघर्ष गरेर । त्यसैले उनी भन्छन् ‘हिकास्ट इज माइ ड्रिम प्रोजेक्ट’ ।

विनायकले देशमा कृषि क्रान्ति आवश्यक भएको महसुस गरे । तर, क्रान्ति गर्नलाई खोइ त दक्ष क्रान्तिकारी ?

नेपालमा कृषिको यति धेरै सम्भावना हुँदाहुँदै पनि यो क्षेत्र फस्टाउन नसक्नुमा चिन्तन गर्दैगर्दा विनायकले देशमा कृषि क्रान्ति आवश्यक भएको महसुस गरे । तर, क्रान्ति गर्नलाई खोइ त दक्ष क्रान्तिकारी ? कृषिलाई अध्ययनको विषयका रुपमा रुचाउने जमात बनिसकेको छैन हाम्रो समाजमा भन्ने पनि उनले राम्ररी बुझिसकेका थिए ।

त्यसैले क्रान्ति गर्नुअघि क्रान्ति गर्ने जनशक्ति उत्पादन गर्नुपर्छ भन्ने उद्देश्यले उनले हिकास्ट स्थापना गरे । विनायक लगायत देशविदेश गएर वर्षौंदेखि यही क्षेत्रमा अनुभव बटुलेका १५ जनाको सशक्त टिमको संयुक्त प्रयासबाट यो कलेज सञ्चालनमा आयो । सन् २००० जेष्ठ १२ गतेदेखि ।

‘हामीले उत्पादन गरेका दक्ष जनशक्तिहरु राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमै राम्रो ठाउँमा पुगेका छन् । अब यही कलेजलाई अझै बढाएर लग्ने योजना छ ।’ योजना सुनाउँदा उनी लोभलाग्दो गरी मुस्कुराइरहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?