आइएमई जनरल इन्स्योरेन्स र स्टिम सेन्टरबीच सम्झौता

लोकपथ
13
Shares

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र स्टिम सेन्टरबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र स्टिम सेन्टरका अध्यक्ष डा. बजरङ कुमार रौनियारले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्सका कर्मचारी तथा ग्राहकहरुलाई स्टिम सेन्टर बत्तीसपुतली, काठमाण्डौँमा प्राप्त हुने सेवाहरु जस्तैः प्याथोलोजी टेस्ट, रेडियोलोजी टेस्ट, फार्मेसी, डेन्टन तथा अप्थोमोजिकल प्रोडक्टहरुमा १५ प्रतिशतसम्म छुट प्राप्त हुनेछ ।

सोही अवसरमा स्टिम सेन्टर बाटप्राप्त हुने प्याथोलोजीको १८९ भन्दा बढी त्यसै गरी रेडियोलोजीको ८१ भन्दा बढी डेन्टलको ३७ भन्दा बढी टेस्ट लगायत अन्य सेवाहरु समेतमा १५ प्रतिशतसम्मको छुटप्राप्त हुने हुनाले आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका सम्पूर्ण ग्राहकहरुले आवश्यकता अनुसारका सेवा प्राप्त गर्न सक्ने संस्थाले जनाएको छ ।

साथै सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले स्टिम सेन्टरसँग आबद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहकहरुलाई आवश्यक पर्ने निर्जीवन बीमासम्बन्धी सम्पूर्ण सेवाहरु आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट सहजरुपमा प्राप्त गर्न सक्ने जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?