कांग्रेसको विधान संशोधन मस्यौदा समितिको सदस्य सचिवमा केशव रिजाल

काठमाडौं । कांग्रेसको विधान संशोधन मस्यौदा समितिको सदस्य सचिवमा केशव रिजाल नियुक्त भएका छन् । 

शुक्रबार बसेको मस्यौदा समितिको पहिलो बैठकले रिजाललाई सदस्य सचिवमा नियुक्त गरेको हो । 

त्यस्तै शुक्रबार नै कांग्रेस केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय समितिको बैठक सकिएपछि मस्यौदा समितिको बैठक पनि बस्ने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

केन्द्रीय समिति बैठकले महासमिति बैठकको मिति तय गर्न सक्ने नेताहरूले बताएका छन् ।

कार्यसमितिको बैठकले महासमिति बैठकको तयारी, राजनीतिक विषय, कर, महंगी र नयाँ मुलुकी संहितालगायतका सन्दर्भमा छलफल हुने पार्टी प्रवक्ता शर्माले जानकारी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?