फेरि १५ अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

लोकपथ
104
Shares

काठमाडौं । भोलि मंगलबार नेपाल राष्ट्र बैंकले पुन: १५ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गने भएको छ । राष्ट्र बैंकका अनुसार सो दिन पाँच वर्षे अवधिको बिकास ऋणपत्र २०८४ “छ” (५बर्षे) बिक्री गर्न लागिएको हो ।

बैंक तथा वित्तीय संस्था, गैर—बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सकिने उक्त ऋणपत्र खरिदको लागि सो दिन अपरान्ह तीन बजेसम्म बोलकवोल पेश गर्नुपर्ने छ ।

निष्काशन मिती २०७९ असार आठ गते तोकिएको ऋणपत्रको सावाँ भुक्तानी मिती २०८४ असार आठ तोकिएको छ । धितो राखेर कर्जा लिन र दिन समेत पाईने सुविधा रहेको उक्त ऋणपत्रमा अर्धबार्षिकरुपमा व्याज भुक्तानी हुने र आर्जित व्याजदरमा व्याजकर समेत राष्ट्र बैंकले जानकारी दिएको छ ।
राष्ट्र बंैकका अनुसार इच्छुक खरीदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीरुपमा सहभागी हुनसक्ने सक्नेछन ।

जसअन्तर्गत प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलाई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् १२ अर्ब ७५ करोड र दुई अर्ब २५ करोड छुट्ट्याइएको छ । खरीद गर्न पाउने सीमा घटीमा ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्म खरिद गर्न सकिने छ ।

राष्ट्र बैंकका अनुसार ऋणपत्र खरीदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रिया अन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन् । यी बाहेकका वाणिज्य बैंक, बिकास बंैक र फाईनान्स कम्पनीहरुले भने अप्रतिस्पर्धीकोरुपमा भाग लिन पाउने छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?