११ कार्तिक २०७८, बिहीवार

अनन्तराम केसीको अभियानलाई राज्यले सहयोग गर्नुपर्छ : खिलराज रेग्मी

२०७५,भाद्र,८,शुक्रवार ०६:५३

0
Shares

काठमाडौं । मन्त्रिपरिषद्का पूर्व अध्यक्ष तथा पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीले सबैभन्दा लामो समयसम्म बोलेर नयाँ विश्व कीर्तिमान बनाउने तयारीमा जुटेका अनन्तराम केसीको अभियानलाई राज्यले सहयोग गर्नुपर्ने बताएका छन् । 

राजधानीमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै रेग्मीले केसीको अभियान राष्ट्रिय पहिचान तथा स्वाभिमानसँग जोडिएकाले सबैले सहयोग गर्नुपर्ने बताएका हुन् । 

केसीको लक्ष्य निर्धारण, एकाग्रता, समर्पण तथा प्रतिबद्धताबाट आफू प्रभावित भएको भन्दै रेग्मीले केसीले नयाँ कीर्तिमान कायम गर्नेमा आफू ढुक्क रहेको समेत बताए ।

पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले केसीको अभियानलाई कुनै पनि आग्रह पूर्वाग्रह विना सिंगो राष्ट्रिय एजेण्डाको रुपमा लिनुपर्ने बताए । त्यस्तै पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता डाक्टर प्रकाशशरण महतले केसीको अभियानलाई सबै नेपालीले सहयोग गर्नुपर्ने धारणा राखे । 

सांसदद्वय हितबहादुर तामाङ, नारायण खतिवडा, शिवपुरी गाउँपालिकाका पूर्व अध्यक्ष रामकृष्ण थापा, अभियानका आर्थिक संयोजक रविनप्रसाद थपलिया लगायतले केसीको अभियानलाई आ–आफ्नो ठाउँबाट सहयोग गर्ने प्रतिबद्धता जनाए ।

केसीको विश्व  कीर्तिमानको अभियान आगामी भदौ ११ गतेबाट राजधानीको गोकर्णेश्वर–५ स्थित इस्टपोल स्कुलमा शुरु हुनेछ । अध्यात्मको खोज र अनुसन्धानबाट मनोशक्तिको अभ्यासमा लागेका केसीले अघिल्लो वर्ष ८० घण्टासम्म बोलेको भए पनि प्राविधिक कारणले ‘गिनिज बुक्स अफ वल्र्ड रेकर्ड’ ले प्रमाणिकरण नगरेपछि यस वर्ष विगतको गल्तीबाट सिकेर नयाँ कीर्तिमानको तयारी थालिएका हुन् । 

शिक्षण पेशा छोडेर मनोशक्तिको अभ्यास र खोज तथा अनुसन्धानमा लागेर त्यसको तालिम समेत दिने गरेका केसीले यसपटक ‘विश्वले चिन्ने छ नेपालीलाई’ भन्ने नाराका साथ नयाँ विश्व कीर्तिमान कायम गर्न लागेका हुन् । केसीले न्यूनतम ८० घण्टा र बढीमा १०० घण्टासम्म लगातार बोल्ने बताएका छन् । उनले आफूले बोल्ने विषय केवल बोल्नका लागि नभएर त्यसले समाजलाई केही सन्देश दिने खालको पनि हुने बताउँदै विभिन्न्न विधाहरु समेत छनोट गरिसकेको जानकारी दिएका छन् ।

नुवाकोट जिल्ला चिसापानीमा जन्मेर काठमाडौंको जोरपाटीलाई कर्मथलो बनाएका केसीले अघिल्लो वर्ष लगातार ८० घण्टा ४ मिनेट भाषण गरी विश्व कीर्तिमान बनाएका छन् । त्यसलाई प्रमाणिकरण गरिएको थिएन ।

अहिले भारत केरेलाका केपी भाल साराजानको नाममा लगातार ८१ घण्टा १६ मिनेट बोलेको रेकर्ड छ । यस विश्व कीर्तिमाान अभियानको संयोजन न्यू माइन्ड्स एकेडेमीका अध्यक्ष समेत रहेका सामाजिक अभियन्ता कुमार राज सुवेदीले गरिहेका छन् । 

प्रकाशित मिति: २०७५,भाद्र,८,शुक्रवार ०६:५३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने

काठमाडौं । राउन्ड टेबल इन्टरनेसनलमा पहिलो पटक राउण्ड टेबल नेपालका जयन्त अग्रवाल उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । अग्रवालले राउन्ड

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

ताजा समाचार

एमाले अधिवेशनमा सर्वसम्मतिको अन्तर्य
 २०७८,कार्तिक,११,बिहीवार ०७:१९