यस्तो छ प्रदीप र मिरुनाको ‘रोजी’ ट्रेलर (भिडियो)

काठमाडौं । चलचित्र ‘रोजी’ को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौंमा आयोजित एक औपचारिक कार्यक्रममा पत्रकारमाझ चलचित्रको ट्रेलर सार्वजनिक गरियो ।

प्रदीप खड्काको मुख्य भूमिका देखाइएको ट्रेलर केही सस्पेन्स छ । ट्रेलरमा प्रदीपलाई अपराधीको भूमिकामा देखाइएको छ । यस्तै ट्रेलरमा मिरुना मगर र परमिता राणाको पनि भूमिका छ ।

निरक पौडेलले निर्देशन गरेको यो चलचित्र यही भदौ २२ गते रिलिज हुँदैछ । चलचित्रमा मित्र डी गुरुङको सम्पादन, केदार भुसालको लेखन तथा आर्या पौडेल र आरोही केसीको लगानी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?